कतै तपाईलाई पनि स्तन क्यान्सर भएको छ की ? यसरी आफैले जाँच गर्नुहोस्

काठमाडौँ । महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेको छ। नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरुमा स्तन क्यान्सर बढी देखिएको चिकित्सकहरु बताउँछन्।

स्तन क्यान्सर शुरुमै पत्ता लागेमा यसको उपचार सम्भव छ। स्तन क्यान्सर भए नभएको महिलाहरु आफैले घरमै पनि परिक्षण गर्न सक्छन्।

Advertisement

स्तन क्यान्सर छ वा छैन भनेर कपडा फेर्दा वा नुहाउँदा सहजै थापा पाउन सकिन्छ । यस्तै ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न सकिन्छ।

स्तन क्यान्सर यसरी जाँच गर्नुस्

ऐन अगाडि उभिएर आफ्नो दुबै स्तनलाई हेर्ने । दुबै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुस्।

दुबै हातलाई माथि उठाएर काखीमा देखापरेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने।

दुबै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने। यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रष्ट भएर आउन सक्छ।

देब्रे काखीको मुखी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडी राखेर सुत्ने । दाहिने हातको बीचमा तीनवटा औंलाको माथिल्लो एक तिहाई भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने। यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रुपमा स्तनको सबै भागको जाँच गर्ने।

दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रिया अनुसार जाँच गर्ने। अन्तमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढी औंला र चोर औलाको बीचमा राखेर निर्चोने। स्तनको मुन्टोबाट केी रगत वा फोहोर पदार्थ आँछ की आउँदैन त्यो हेर्ने।

स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रुपमा छामेर जाँच गर्ने।

नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ। यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रुपमा जाँच गर्ने।

More News last news
Loading...