कपाल नबढेर चिन्तित हुनुहुन्छ ? यस्ता छन् छिटो कपाल बढाउने उपाय

सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्न सक्छ।

कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ। कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ।

Advertisement

कपालको हेरविचार

कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन। कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ।

कपाल बिस्तारै सुकाउनेः कपाललाई टावेलले झटकेर सुकाउनु हुँदैन। कपाल भोएर टावेलले विस्तारै थपथपाएर सुकाउने र हावामा आफै सुक्न दिने।

कपालमा कडा केमिकल्सको प्रयोग नगर्नेः केही कर्मशियल स्याम्पुमा सल्फेट पाइने हुनाले कपालबाट प्राकृतिक आयल निकाली दिन्छ यसबाट कपाललाई हानी गर्छ। कपाललाई बलियो बनाउन राम्रो स्याम्पुको प्रयोग मात्र गर्ने।

सबै प्राकृतिक हेयरस्टाइलिंग प्रविधि र उत्पादनहरुको प्रयोग गर्नेः हानी नगर्ने सामाग्रीबाट बनाएको हेयर जेलको प्रयोग गर्दा कपाल नष्ट हुँदैन।

दुई हप्तामा एक पटक कपालमा हेयर मास्क लगाउनेः यसले कपालबाट नमी निक्लिए पछि हुने हानीलाई कम गर्छ। यसको प्रयोगबाट कपाल नरम, मुलायम र स्वस्थ अनुभव हुन्छ।

बाहिरी प्रदुषणबाट जोगाउनेः लामो समय घाम वा उच्च वायु प्रदुषण हुने स्थानमा जानु पहिले नै कपाल छोप्नुपर्छ।

More News last news
Loading...