अब कोरोना संक्रमितले यी ३० निजी अस्पतालमा निःशुल्क उपचार पाउने

काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए।

Advertisement

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ।

पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए। योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ।

यी ३० निजी अस्पतालमा निःशुल्क उपचार पाउने

More News last news
Loading...