नयाँ कपडा किनीसकेपछि भूलेर पनि नधोइकन नलगाउनुहोस्, नत्र हुन्छ यस्तो खतरा

काठमाडौँ । सपिङ्ग गर्न सबैलाई मनपर्छ । यदि कपडाको कुरा गर्ने हो भने कोही यस्ता मानिस हन्छन् जसले नयाँ कपडा किनिसकेपछि नधोइकन लगाउदछन् ।

तर कपडामा किटाणु रहेकोले यसले शरीरको स्किनमा इन्फेक्सको खतरा बढाउँदछ । यदि तपाई पनि नयँ कपडा किनीसकेपछि नधोइकन लगाउनुहुन्छ भने आफ्नो यस बानीलाई सुर्धानुहोस् । आउनुहोस् जानोँ बिना नधोइ कपडा लगाउनाले के हुन्छ त ?

Advertisement

कपडा तयार गरिसकेपछि प्याकिङ गर्नुभन्दा अगाडि धोइएको त हुन्छ, तर यस्तो धुलाइ सो पहिरनमा चमक ल्याउनका लागि मात्र गरिएको हुन्छ । जसले गर्दा रसायनहरू नष्ट नहुन पनि सक्छ ।

नयाँ कपडामा हुन्छन् किटाणु
वास्तवमा, कारखानामा कपडा तयार भएपछि कपडालाई पसलसम्म पुर्‍याउन धेरै लामो समय लाग्छ। कुनै एक कपडा एक स्थान बन्छ भने, अर्को स्थानमा उही समान प्याकिंग हुन्छ।

यो स्टोरमा पठाइन्छ। कपडा बिक्री गर्ने पसल या सोरुममा ल्याउने क्रममा विभिन्न चरण पार गर्दै आएको हुन्छ।

यस्ता विभिन्न चरण पार गर्ने क्रममा कपडामा विभिन्न प्रकारका फोहोर तथा हानिकारक तत्व लागेको हुन सक्छ । त्यस्ता तत्व नष्ट गर्नका लागि पनि नयाँ कपडा धुनु फाइदाजनक हुन्छ।

मानिसले सोरुममा कपडा ट्राई गरेका हुन्छन्
पसल या सोरुममा राखिएका कुनै पनि ड्रेस जोकोहीले ट्राई गरेको हुन सक्छ। आफूले खरिद गर्नुभन्दा अगाडि अन्य व्यक्तिले ट्राई गरेको ड्रेस नधोई लगाउँदा विभिन्न प्रकारका रोग पनि सर्ने सम्भावना हुन्छ।

कुनै पनि प्रकारका छालासम्बन्धी समस्याबाट जोगिनका लागि पसलबाट किनेर ल्याएका नयाँ कपडा धोएर मात्र लगाउनु फाइदाजनक हुन्छ।

रंगमा मिलेको हुनछ केमिकल
कुनै पनि कपडा लाई तयार गर्न केमिकल को प्रयोेग गरिएको हुनछ । ती सबै रङ्गमा केमिकल हुन्छ। यस्तो अवस्थामा ती केमिकल हाम्रो स्किनमा प्रवेश गर्दछन् जसको कारणले हाम्रो त्वचा लाई बिर्गादछ। जसको कारणले अनेकथरी छालाको रोग लाग्ने सम्भावना बढ्दै जान्छ।

पसीना नसोस्नु
बजारबाट कपडा ल्याइसकेपछि त्यसलाई नधोइकन लगाउनाले पसीना नसोस्ने हुनुक्छ । यसकारण पसीना त्वचामा जमेर बस्ने हुनाले स्किन एलर्जी हुने समस्या बढ्दै जान्छ।

More News last news
Loading...