कालो ओठ २ मिनेटमै हुनेछ गुलाबी, अपनाउनुहोस् निकै सजिलो यो घरेलु उपाय

काठमाडौँ । महिलाहरु सुन्दर देखिन बजारमा पाइने विभिन्न कस्मेटिक सामानको प्रयोग गरिरहेका हुन्छन्। जस मध्ये लिपिस्टिक पनि एक हो।

महिलाहरुले आफूलाई राम्रो देखाउन विभिन्न रंगका लिपिस्टिकहरु प्रयोग गरिरहेका हुन्छन्। तर आफूले सोचे जस्तो लिपिस्टिकको रंग ओठमा फरक देखिन्छ। जसका कारण कहिलेकाहीँ मनमा खिन्न लाग्छ।

Advertisement

जसरी हामी अनुहारको स्याहार गछौं, त्यसरी नै ओठको पनि स्याहार गर्न जरुरी छ। हावाहुरी, धुलो धुँवा र गर्मीले ओठ कालो हुने गर्छ। जसले गर्दा हाम्रो ओठको प्राकृतिक रंग हराएर जान्छ। कम गुणस्तरीय लिपिस्टिकले पनि ओठ कालो हुने गरेको पाइन्छ।

कालो ओठलाई पुनः प्राकृतिक रंग जस्तै बनाउन समय लाग्छ। तर असम्भव भने छैन।

कसरी बनाउने त कालो ओठको रंग प्राकृतिक रंग जस्तै ?

-चुकन्दरका विभिन्न फाइदाहरु छन्। जसमध्ये ओठलाई गुलाबी बनाउने फाइदा पनि एक हो। चुकन्दरमा भिटामिन सी पनि पाइन्छ। जसले किलिजिङको पनि काम गर्छ।

-सबैभन्दा पहिले एउटा चुकन्दर लिने र त्यसलाई सफासँग धुने । बाहिरको बोक्रा फाल्ने।

-त्यसपछि बिरालीको मद्दतले कोर्ने। कोरेको चुकन्दरलाई चिया छान्नीमा राखेर त्यसको जुस निकाल्ने।

-जुसमा एक चम्चा नरिवलको तेल र एक चम्चा भ्यासलिन पेट्रोलियम जेलि हाल्ने र त्यसलाई राम्रो सँग मिसाएर सफा भाडोमा फ्रिजमा १५ घन्टा सम्म जमाउन राख्ने।

-जमिसकेपछि राती सुत्नु भन्दा पहिले दाँत माझ्ने ब्रसले ओठ सफा गर्ने र ओठमा सो क्रिम लगाएर सुत्ने।

-सो क्रिमलाई दिनमा दुई, तीन पटक लगाउँनाले तीन चार दिनमा नै ओठको रंग गुलाबी देखिन थाल्छ।

-तपाईलाई यो पनि थाहा हुन्छ कि दुध र केरा हाम्रो स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ, तर तपाई यो जान्नेर चकित हुुनुहुनेछ कि केरा र केराको बोक्रामा पनि धेरै उच्च गुणहरू छन्। यदि तपाईं केराको भित्री भागले आफ्ना ओठहरूमा मसाज गर्नुहुन्छ भने, धेरै नै चाँडै तपाईंको कालो ओठ गुलाबी हुनेछ।

-ओठलाई प्राकृतिक रुपले गुलाबी बनाउन दुध र दुधको तर् सेवन गर्नु बहुतै लाभदायक मानिन्छ । दुधको तर् पनि २ प्रकारका हुन्छन् । एक जो दुध जमेपछि लाग्दछ र अर्को दुध चिसो हुँदा लाग्दछ । कृपया तपाईले अन्तिम उपाय अपनाउनुहोला।

दुधलाई फ्रिज्मा राख्नुहोस् अथवा चिसो बनाउनुहोस् राखेपछि तर् जम्न दिनुहोस् र जमेपछि त्यसलाई औँलाले झिकेर १० देखी २० मिनेटसम्म लगाउनुहोस् र थोरै समयपछि धुनुहोस् तपाईको ओठ राम्रो हुनेछ।

स्रोत: दैनिक भास्कर हिन्दी

More News last news
Loading...