काठमाडौँ । सुन्दर अनुहार को चाहँदैन ? चमकदार छाला को चाहँदैन ? तर, यसका लागि बिहान–बेलुकी क्रिम घसेर मात्र पुग्दैन।
सौन्दर्य प्रशाधनले मानिसलाई क्षणिकरुपमा सुन्दर बनाउँछ, जुन दिगो हुँदैन। दिगो सुन्दरताका लागि भने आफ्नो जीवनशैलीमै सुधार ल्याउनुपर्छ।
विशेषतः खानपानमा। यहाँ हामी १० वटा खानेकुराहरु सिफारिस गर्दैछौं, जसको सेवनले तपाईं सुन्दर अनुहार र स्वस्थ छाला पाउन सक्नुहुन्छ।
मेथी
-मेथीको सेवनले पेट सफा रहन्छ, जसले गर्दा छाला स्वस्थ र कान्तियुक्त देखिन्छ।
-मेथीको सेवनले छालाका रोगहरु लाग्ने सम्भावना कम हुन्छ।
-मेथीको पत्ताको रस वा मेथी पिसेर कपाल धुनाले काल चमकदार र मजबूत हुन्छ।
कागति
– कागतिको सेवनले भिटामिन सीको पूर्ति हुन्छ । यसबाट छाला स्वस्थ बनिरहन्छ ।
-अनुहारमा कागतिको रस लगाउँदा डण्डीफोरका दागहरु लोप हुन्छन् ।
-कागतिको रस लगाउनाले छाला र कपाल दुवैमा चमक आउँछ ।
-कपालमा कागतिको रस लगाउनाले कपाल चायामुक्त हुन्छ।
स्याउः स्याउमा प्रशस्त मात्रामा मौलिक एसिड पाइन्छ जसले अनुहारलाई समेत सफा बनाउन र दागहरु हटाउन सहयोग गर्छ।
अनार : अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ। बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ। यसले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ। साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
