ढिलोगरी पुगेको एम्बुलेन्समा अक्सिजन नहुँदा चन्द्रागिरी बस्ने उपसचिवको बाटैमा ज्यान गयो

काठमाडौँ । देश यो अवस्थामा पुगिसकेको छ। तर राजनीतिक दलहरु भने अझै सत्ताको भागवण्डामा पौठेजारी खेलिरहेका छन् । देशभरीका अस्पताल जटिल अवस्थाका कोरोना संक्रमितले भरिएको छ । अब अस्पतालमा नयाँ भर्ना गर्ने ठाउँ छैन ।

काठमाडौका जुनसकुकै अस्पतालमा फोन गरेपनि आईसीयू छैन । वार्ड छैन भनिरहेका छन् । किष्ट मेडिकल कलेजले त अक्सिजनको अभाव भएको सूचना निकाल्दै तीन दिनदेखि नयाँ भर्ना लिएको छैन।

Advertisement

अधिकांश अस्पतालमा अवस्था यस्तै छ । यही बेला अत्यन्तै दुःखद् खबर आएको छ। काठमाडौको चन्द्रागिरी १२ हरियाली निबासी संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण राज खनाल अब हामीबिच रहनुभएन ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टिपछि उहाँ घरमै आईसोलेसनमा उपचाररत हुनुहुन्थ्यो । उहाँलाई अचानक अक्सिजनको मात्रा कमि भएर सास फेर्न गाह्रो भयो । त्यसपछि अस्पताल लैजान एम्बुलेन्स बोलाईयो । एम्बुलेन्स अत्यन्तै ढिला आयो।

त्यो बेलासम्म उहाँलाई निक्कै गाह्रो भएको थियो । दुर्भाग्य एम्बुलेन्समा अक्सिजन समेत थिएन। एम्बुलेन्समा भएको अक्सिजन अस्पतालको वार्डमा राखेको भन्दै चालक अक्सिजन नै नलिई पुगेका थिए।

तर उहाँलाई अस्पताल लैजादै गर्दा बाटो मै दुःखद निधन भयो । अक्सिजन नभएकै कारण देशकै होनाहार व्यक्तिले बाटोमै मृत्युबरण गर्नुपर्यो।

More News last news
Loading...