५ मिनेटमै अनुहारमा चमक ल्याउन चाहनुहुन्छ ? एक पटक यो उपाय प्रयोग गरेर त हेर्नुहोस्

काठमाडौँ । सुन्दर बन्ने रहर कसलाई हुँदैन् होला र ? तर पनि छालामा देखिने समस्याले तपाइईको सुनदरता पिक्का बनाइरहेको हुन्छ। आज हामी तपाईलाई धेरैजसो सुख्खा तथा फिक्का देखिने छालाको हेरचाह कसरी गर्ने बन्ने बारेमा जानकारी दिदैछौँ ।

मरेको छालाको कारणले गर्दा सुख्खा तथा फिक्का देखिने छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ।

Advertisement

५ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउन अप्नाउनुहोस् यी उपायः

सामाग्रीहरु

१) कागती

२) थोरै नुन

३) चामलको पिठो

४) मह

बनाउने बिधि

पहिलो चरण–सबैभन्दा पहिला कागती लाई दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस्। यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस।

दोस्रो चरण–यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ। यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् ।

त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ।

More News last news
Loading...