मजबुत र लामो कपालका लागि प्रयोग गर्नुहोस् मह, केही दिनमै देख्नुहुनेछ चमत्कार

काठमाडौँ । जाडो मौसममा छाला सुख्खा हुनुका साथ-साथै मृत समेत हुन्छ। जसको लागि हामी बजारमा पाइने क्रिम अथवा लोसनको प्रयोग गर्नुपर्छ। तर, यदि लोसन अथवा क्रिमले फाइदा गरेन भने छालामा झन् धेरै समस्या देखिन थाल्छ।

जाडो मौसममा हामी जति घरेलु उत्पादनको प्रयोग गर्छौं। त्यति नै यो हाम्रो छालालाई फाइदाजनक हुन्छ।

Advertisement

आज हामी तपाईंंहरुलाई महबाट बनेका केही त्यस्ता प्याकहरुको बारेमा बताउँदै छौं। जसले तपाईंं जाडो अथवा कुनै पनि मौसममा प्रयोग गरेर आफ्नो छालालाई नरम र सुन्दर बनाउन सक्नुहुन्छ।

सुन्दर छालाको लागि फेस प्याक

यदि तपाईंं आफ्नो छालालाई सुन्दर र चिल्लो बनाउन चाहनुहुन्छ भने हनी फेस प्याक बनाउनुपर्छ। मह, बेसन, नौनी, चन्दन र गुलाबको तेल मिसाउने र त्यसलाई आफ्नो अनुहार र गर्धनमा लगाउने।

अब केही समयको लागि त्यसलाई सुक्न दिने र पछि हटाउने। यसो गर्नाले केवल अनुहारको फोहोर मात्र हट्दैन, तपाईंंको छाला नरम र कोमल पनि बन्छ । राम्रो परिणामका लागि हप्तामा एक पटक यसको प्रयोग गर्नुपर्छ।

अनावश्यक रौं हटाउनका लागि फेस प्याक

एउटा भाँडामा एक चम्चा मह, एक चम्चा चिनी र केही थोपा कागतीको रस हाल्ने। यसको पातलो पेस्ट बनाउने । अब तीन मिनेटसम्म त्यसलाई माइक्रोवेभमा तातो बनाउने ।

तातो छ कि छैन भनेर हेर्नका लागि छोएर थाहा पाउने र यसलाई अनुहारको त्यो भागमा लगाउने जहाँ रौं उम्रेको हुन्छ । अब कपडाको एकापट्टी लिने र त्यसलाई रौं माथि राखेर विपरित दिशामा तान्नुपर्छ।

यसो गर्दा रौं जराबाट नै हट्छ र तपाईंंको अनुहार लामो समयको लागि रौं मुक्त हुन्छ।

छालाको सफाईको लागि फेस प्याक

मह, पाउडर दुध, कागतीको सर र बदामको तेललाई समान रुपमा मिलाउनुपर्छ। अब यसलाई आफ्नो अनुहार र हातमा लगाएर २० मिनेटको लागि छोडिदिने र पछि धुनुपर्छ।

पिम्पल्स हटाउनका लागि फेस प्याक

पिम्पल्सबाट छुटकारा पाउन धेरै कठिन हुन्छ । मह र दालचिनीको धुलो मिसाएर पेस्ट बनाउने र पिम्पल्समा लगाउने। यसलाई रातभरी लगाउने र विहान मनतातो पानीले धुनुपर्छ।

चम्किलो कपालका लागि हेयर प्याक

महबाट बन्ने अर्को एउटा प्याक पनि छ । जसमा जैतुनको तेल र मह मिसाएर कपालमा लगाउनुपर्छ । केही समयसम्म यसलाई कपालमा लगाउने र केही समय पछि धुने। यसो गर्नाले तपाईंको कपाल चम्किलो हुन्छ।

सुन्दर कपालको लागि हेयर प्याक

यदि तपाईंं कालो र सलक्क परेको कपाल चाहनुहुन्छ भने आफ्नो कपालमा यो प्याक लगाउनुपर्छ। एउटा भाँडामा दुई चम्चा दही, दुई वटा अण्डा, कागतीको रस र पाँच थोपा मह मिसाए आफ्नो टाउको र कपालमा लगाउनुपर्छ। त्यसपछि यसलाई आधा घण्टा पछि पानीले पखाल्नुपर्छ।

More News last news
Loading...