काठमाडौँ । लसुनमा फाइबर र पोटासियम जस्ता तत्वहरु हुन्छन् । यसकारण २ पोटी लसुन विहान खाली पेट खानाले पाचन प्रणालीमा देखिएको समस्या हट्छ । तर, लसुनको यो एकमात्र फाइदा होइन् ।
यी हुन् खाली पेटमा लसुन खाँदाका १० फाइदाः
१) मुटुको समस्याः लसुनमा रहेको एजोइन नामक तत्वले रगत बग्नबाट रोक्छ र मुटुको समस्या हटाउन पनि सहयोगी हुन्छ।
२) मधुमेहः लसुनले ब्लड सुगरलाई नियन्त्रण गर्छ । यस कारण मधुमेहका विरामीका लागि पनि यो फाइदाजनक हुन्छ ।
३) हाइपर थाइराइडः लसुनले हाइपर थाइराइड कम गर्छ।
४) रक्तचापः लसुनमा इलिसीन रहेको हुन्छ। जसले ब्लडप्रेसरलाई नर्मल राख्न सहयोग गर्छ। यो शरीरमा रहेको चिल्लोलाई कम गर्न पनि इफेक्टिभ हुन्छ।
५) क्यान्सरः यसमा एलियम सल्फाइड हुन्छ, जो क्यान्सरलाई हटाउनका लागि सहयोगी हुन्छ।
६) अल्जाइमर्सः यसमा रहेको एण्टीअक्सिडेण्टस्ले अल्जाइमर्स र डिमेन्सियाजस्ता विरामीको उपचारमा प्रभावकारी हुन्छ।
७) बाझोपनः यसमा सेलेनियम हुन्छ। जो बाँझोपनका हटाउनका लागि फाइदाजनक हुन्छ।
८) संक्रमणः लसुनमा एण्टीब्याक्टोरियल र एण्टी इन्फलेमेटरीको गुण रहेको हुन्छ। जसले शरीरमा हुने इन्फेक्सनबाट बचाउँछ।
९) रोग प्रतिरोधात्मक क्षमता वृद्धिः लसुनमा भिटामिन बी६ हुन्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ।
१०) यौ’न क्षमतामा वृद्धिः लसुनमा रहेको एलिसिन नामक तत्वले यौ’नांगमा रक्तसञ्चार तीब्र गराउँछ। राम्रो यौ’न जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
