यस कारण हुन्छ पेटको अल्सर, यी पूर्वसंकेत देखिए रहनुहोस् सावधान !

काठमाडौँ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ। यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो।

सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ। यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन्छ।

Advertisement

पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ। समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ। र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन्।

किन हुन्छ ?

पेटको अल्सरलाई पेप्टिक वा ग्यास्ट्रिक अल्सरसमेत भनिन्छ। अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, तनाव तथा खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ। त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ।

कसरी थाहा पाउने ?

सुरुवाती चरणमा अल्सर पत्ता लगाउन केहि कठिन हुन्छ। तथापि, तल उल्लेखित लक्षण देखिएमा सचेत हुन जरुरी छः

-बारम्बार डकार आउने

-पेटमा जलन पैदा हुने

-पेटमा घाउ भएको महसुस हुने

-पेट फुल्ने, सुन्निने

-छाती पोल्ने, ग्याष्ट्रिकको समस्या

-शरीरको माथिल्लो भाग दुख्ने वा पोल्ने

-तातो खानेकुरा खाएपछि असहज महसुुस हुने

-दिशामा रगत देखिने वा दिशाको रङ्ग गाढा हुने

-रगत बान्ता हुने, खोकीमा रगत देखिने

-वजन कम हुने

-खान मन नलाग्ने

कति प्रकारका हुन्छन् ?

-अल्सर तीन प्रकारका हुन्छन् ।

-पेटमा हुने ग्याष्ट्रिक अल्सर

-भोजन नलीमा हुने एसोफेगस अल्सर

-सानो आन्द्रामा हुने डूआडनल अल्सर

ख्याल गर्नुपर्ने कुरा

अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ। अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ। यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ।

त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानुपर्छ।

More News last news
Loading...