यी लक्षण देखिए हुनसक्छ कलेजोको क्यान्सर, यस्ता संकेतलाई नलिनुहोस् हल्का रुपमा

काठमाडौँ । कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो। यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ। पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन्।

अत्यधिक मदिरा सेवनले नै कलेजो क्यान्सरको मुख्य कारण बन्ने गरेको जानकारी वीर अस्पतालका पेट तथा कलेजोगोग विशेषज्ञ डा भूपेन्द्रकुमार बस्नेतले दिएका छन्।

Advertisement

क्यान्सरको कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौँ स्थानमा पर्छ। कलेजोको क्यान्सकार विभिन्न प्रकारमध्ये ‘हेपाटोसेल्युलर कार्सिनोमा’ मुख्य हो।

हेपाटाइटिस बी कलेजो क्यान्सरको मुख्य कारण हो। ५० प्रतिशतभन्दा बढी क्यान्सरको कारक हेपाटाइटिस बीलाई मानिन्छ।खानेकुरामा पाइने एक किसिमको टक्सिनले कलेजोमा समस्या ल्याउँछ।

लिभर सिरोसिस अर्थात् कलेजोमा आउने कडापनबाट पनि क्यान्सरको सम्भावना हुन्छ। अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिस हुने गर्छ।

कसरी गर्ने उपचार ?

क्यान्सरको स्टेजको आधारमा यसको उपचारमा विभिन्न पद्दती अपनाइन्छ।

सुरुको स्टेजमै कलेजोको क्यान्सर पत्ता लागेमा औषधि प्रयोग गर्न सकिन्छ। प्रभावित भागलाई निकालेर पनि यसको उपचार गरिन्छ।

क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेको खण्डमा किमोथेरापी गरिन्छ। कलेजो पूरै बिग्रेको खण्डमा प्रत्यारोपण विधि अपनाइन्छ।

कसरी थाहा पाउने ?

क्यान्सर भएमा कलेजो सुन्निने वा दुख्ने हुन्छ। पेटको माथिल्लो भाग दुख्ने, जिउमा असजिलो महसुस हुने र वान्ता हुने जस्ता लक्षण देखिन्छन्।

तौल असामान्य रुपमा घट्छ। कमजोरी वा थकान महसुस हुन्छ।

लिभर सिरोसिस र हेपाटाइटिसका बिरामीमा क्यान्सर हुने सम्भावना बढी हुने भएकाले यस्ता लक्षण देखिन्छन्।

खान मन नलाग्ने, छाला पहेँलो हुने र बिस्तारै दुब्लाउँदै जाने समस्या देखिन्छ।

More News last news
Loading...