काठमाडौँ । मधुमेह अहिले आम रोग भइसकेको छ। अहिले कम उमेरकाहरु समेत यसका शिकार भएका छन्। मधुमेह किन लाग्छ त ?
मधुमेह के हो ?
मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारण हुन्छ। मोटाबोलिज्म एक प्रकिया हो, जसले शरीरमा खानेकुरालाई उर्जामा परिवर्तन गर्छ।
त्यस उर्जा हामी आफ्नो दैनिक कार्यका लागि प्रयोग गर्छौ। यसले शारीरिक बृद्धि, प्रतिरोधात्मक क्षमता र प्रजननका लागि खास सहयोग गर्छ।
हामीले जे कुरा खान्छौ, त्यो पेटमा पुगेपछि एक प्रकारको इन्धनमा रुपान्तरण हुन्छ, जसलाई ग्लुकोज भनिन्छ । यो रक्त कोशिकाको माध्यामबाट शरीरको लाखौं कोशिकामा पुग्छ र उर्जाको रुपमा प्रयोग हुन्छ।
पेटको पछिल्तिर एक ग्रन्थी हुन्छ, जसले इन्सुलिन उत्पादन गर्छ। त्यसैले ग्लोकोजलाई शरीरको कोशिकामा पुर्याउँछ।
यदि उक्त ग्रन्थीले इन्सुलिन उत्पादन गर्न छाड्यो वा कम उत्पादन गर्न थाल्यो भने, त्यही अवस्थामा मधुमेह भएको भनिन्छ। यसरी ग्लुकोज उत्पादन भएपनि त्यो उर्जामा परिवर्तन हुँदैन।
किन हुन्छ मधुमेह ?
मधुमेह किन हुन्छ ? यसमा धेरै हदसम्म हामी स्वंम जिम्मेवार छौ। हाम्रो जीवनशैली, खानपान आदिको कारण मधुमेह हुन्छ। हाम्रो दैनिक जीवनमा गरिने कतिपय गल्ती मधुमेहको कारण बन्न सक्छ।
के हुन् त त्यस्ता गल्ती ?
१) नास्ता नगर्नु
बिहान नास्ता नगर्नाले शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण हुँदैन। त्यसैले ब्लड सुगर लेभल नियन्त्रण गर्नु मुश्किल हुन्छ।
२) ढिलो खाना खानु
राती ढिलो खाना खाने र तुरुन्तै सुत्नाले तौल बढ्छ। यसले पनि ब्लड सुगरको सन्तुलन गडबड गरिदिन्छ, जसले मधुमेहको खतरा बढाइदिन्छ।
३) सुगर ड्रिंक
चिनीजन्य पेयमा चिनीको मात्रा अत्याधिक हुन्छ, जसले शरीरमा क्यालोरी बढाइदिन्छ। यसबाट तौल बढ्छ र मधुमेहको खतरा हुन्छ।
४) हेल्दी डाइट नलिनु
आफ्नो दैनिक खानामा अंकुराएको गेडागुडी, ड्राइ फुट्स, हरियो सब्जी आदि सामेल हुनुपर्छ। यदि उक्त कुराको कमी भएपनि पनि मधुमेहको जोखिम बढ्छ।
५) स्न्याक्स
दिनभर धेरै क्यालोरीयुक्त स्न्याक्स खानाले शरीरमा क्यालोरी बढी प्राप्त हुन्छ। यसले शरीरमा बोसो बढाउँछ र मधुमेह निम्त्याउँछ।
६) खानापछि बिश्राम लिनु
अक्सर मानिस खाना खाइसकेपछि घन्टौ बस्छन्। यसले शरीरमा बोसो बढ्छ साथै मधुमेहको खतरा पनि।
७) सलाद नखानु
दैनिक खानामा सलादको मात्रा सामेल गर्नुपर्छ। सलादमा फाइबर हुन्छ, जसले हाम्रो शरीरमा ब्लड शुगरको मात्रा नियन्त्रण गर्छ।
कसरी नियन्त्रण गर्ने ?
– भोको पेट नबसौं । खानामा हरियो सब्जी, सलाद, सुप आदि सामेल गरौं।
– चिनीजन्य खाद्यपदार्थको सेवन नियन्त्रित मात्रामा गरौं।
– हरेक दिन एक घण्टा जति तिब्र गतिमा हिँड्ने गरौं।
– समय तालिका मिलाएर पटक पटक खानेकुरा खाने गरौं।
– भोजनमा रेशादा पदार्थलाई प्राथमिकता दिनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
