छिट्टै थकान महशुस गर्नुहुन्छ ? उसोभए ध्यान दिनुस् यी कुरा

काठमाडौँ । दैनिकको भागदौडपूर्ण जीवनमा हामी यति व्यस्त छौँ कि हामीले आफ्नो स्वास्थ्यलाई हेलचक्र्याईँ गरिरहेका हुन्छौँ। हामीलाई चाहिने जति आराम गरेनौँ भने हामी छिट्टै बिरामी पनि हुने गर्छौ।

अहिलेको समयमा प्रायः मानिसहरुको एउटै गुनासो सुनिन्छ ‘छिट्टै थाकिन्छ’। हाम्रो बदलिँदो खानपान र अव्यस्थित जीवनशैलीका कारण स–साना काम गर्दा पनि तुरुन्तै थकाई लाग्नु स्वभाविक पनि हो।

Advertisement

तर, कुनै काम नै नगरि थाकेको अनुभुति हुनुलाई सामान्य मान्न सकिंदैन। केही मानिसहरु यस्तै अनुभुति व्यक्त गरिरहेका हुन्छन्। पछिल्लो समय यी समस्या आमरुपमा देखा पर्दै गएको छ। छिट्टै थाक्ने समस्या शरीरमा उर्जाको कमिले हुने गर्दछ । त्यसैले शरीरलाई उर्जावान बनाइ राख्न प्रोटीनयुक्त खाना खान चिकित्सकहरुको सुझाव छ ।

यी समस्याबाट बच्नका लागि ध्यान दिनुपर्ने कुरा यसप्रकार छन् :

– दिनमा थोरै थोरै गरी पानी पिउने गरिरहनुपर्छ । पानीले शरीरमा रहेका हानिकारक तत्वलाई बाहिर निकाल्न मद्दत गर्नुका साथै शारीरिक प्रणालीमा नयाँ उर्जा भर्दछ।

– कागती र पानीको सरबत, फलफुलको रस र नरिवलको पानी पिउनुलाई निकै लाभदायक मानिन्छ ।

– दुधमा बेसार घोलेर पिउने गर्नाले पनि शरीरमा आवश्यक उर्जा प्राप्त हुन्छ । खानामा कार्बोहाइड्रेटको मात्रा हुनुपर्छ । यसले शरीरलाई सन्तुलन राख्न मद्दत पुग्छ ।

– अपुग निन्द्राका कारण पनि शरीरलाई आवश्यक उर्जा प्राप्त हुँदैन । जसले गर्दा पनि मानिसहरु छिट्टै थाक्छन् । त्यसैले नियमित ७/८ घण्टा सुत्न जरुरी छ। कुनै पनि बेला थकान महसुस भए १५–२० मिनेटसम्म आराम गर्नुपर्छ । अपुग निन्द्राका कारण शरीरको तौल पनि बढ्ने र छिट्टै थाक्ने समस्या हुन्छ।

More News last news
Loading...