नखानुहोस् यी ५ खानेकुरा, जसको सेवनले निम्त्याउँछ पेटमा अल्सरको समस्या

काठमाडौँ । पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ।

धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ। पेटमा घाउ हेलिकोबिक्टर पाइलोरी ब्याक्टेरियाको कारण हुन्छ।

Advertisement

यस्ता विभिन्न खानेकुरा छन् जसको अत्यधिक सेवनले पेटमा घाउ हुने सम्भावना बढ्छ किनभने यसले हाम्रो आन्द्रामा नकारात्मक असर पुर्याउने गर्छ। आउनुहोस्, पेटमा हुने अल्सरबाट बच्नका लागि कस्ता खानेकुराको सिमित सेवन गर्नुपर्छ भन्नेबारे जानकारी लिऔं।

चिया, कफी र कोल्ड ड्रिंक्सः
यस्ता खाद्य पदार्थ जसमा क्याफेन मिसिएको हुन्छ, त्यसले पेटको अल्सर बढाउँछ । कफी र चियाको अत्यधिक सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। क्याफेनयुक्त खाद्य पदार्थको उपभोग गर्दा पेटमा एसिडको उत्पादनमा बृद्धि हुन थाल्छ जसका कारण तपाईंको समस्या बढ्ने गर्छ।

पेटमा एसिडको वृद्धि हुँदा तपाईंको पेटको घाउ उत्तेजित हुन्छ र पेट दुखाईलगायतका अन्य समस्या वृद्धि हुनथाल्छ । क्याफेन चिया, कफी, चकलेट, कोल्ड ड्रिङ्क्स र अन्य कार्बोनेटेड कोल्ड ड्रिङ्क्समा पाइन्छ । त्यसकारण यदि तपाईंलाई पेट सम्बन्धि समस्या छ भने यस्ता पेय र खाद्य पदार्थको सेवनबाट बच्नुहोस्।

मसालेदार खानाः
तातो मसालाले पेटको अल्सरलाई चाँडै ठिक हुन दिँदैन साथै तपाईंको समस्या थप बढाउने गर्छ । त्यसकारण जबसम्म अल्सर पूर्ण रुपमा ठिक हुँदैन मसालेदार खानेकुराबाट टाढै रहनुहोस् । खुर्सानीको सेवन पूर्ण रुपमा बन्द गर्नुहोस् ।

चुरोट र रक्सीः
रक्सीले अल्सरको समस्यालाई अत्यधिक बढाउने गर्छ त्यसकारण अल्सरका रोगीले रक्सीको सेवनबाट टाढै बस्नुपर्छ। यसबाहेक धुम्रपानका कारण पनि थुप्रै पटक तपाईंको पाचन प्रभावित हुन्छ र तपाईंको पेटमा घाउको समस्या हुनसक्छ ।

तातो दुधः
यदि तपाईं अत्यधिक तातो दुधको सेवन गर्नुहुन्छ भने यसले पेटमा ग्यासको समस्या हुनुका सागै पेटमा घाउ पनि हुने सम्भावना हुन्छ । पहिले पहिले दुधलाई अल्सरबाट राहत पाउनका लागि एन्टा एसिड्सको रुपमा सेवन गरिन्थ्यो ।

तर नतिजा यस्तो हुन्थ्यो कि सुरुवातमा अल्सरका रोगीलाई यो उपायले अस्थायी राहत त हुन्थ्यो तर दुध पिउँदा अल्सरको लक्षण बढ्न थाल्थ्यो । दुधले पेटमा एसिडको श्रावलाई बढाउने गर्छ जसले अल्सरसँग सम्बन्धित जलन र पीडालाई बढाउने गर्छ। त्यसकारण जबसम्म डाक्टरले दुध पिउन सल्लाह दिँदैनन् अल्सर रोगीले दुध नपिएकै राम्रो ।

मांसाहारी भोजनः
पशुको मासुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसलाई पचाउनका लागि तपाईंको पाचन तन्त्रले निकै काम गर्नुपर्छ जसका कारण अत्यधिक मात्रामा एसिडको स्राव हुन्छ।

यस्तो हुँदा तपाईंको समस्या बढ्ने गर्छ । त्यसकारण तपाईंलाई अत्यधिक मासु मिठो लाग्छ भने तपाईंले अल्सर पूर्ण रुपमा ठिक नभएसम्म कुर्नै पर्छ।

More News last news
Loading...