काठमाडौँ । सुन्ने क्षमतामा कमी आउने शुरुवाती लक्षणहरू सफा हुँदैनन् तर यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि सुन्ने क्षमताको कमी समयानुसार बिस्तारै-बिस्तारै कम हुँदै जान्छ। यस्तो अवस्थामा जतिसक्दो चाँडो यसको उपचार गर्नु पर्दछ । जब हामीलाई थाहा हुन्छ कि वास्तवमा नै सुन्ने शक्ति कम भैरहेको छ तबसम्म हाम्रो ३० प्रतिशत सेल्स नष्ट भैसकेको हुन्छ । एक पटक नष्ट भएको सेल्स सधैँको लागि नष्ट हुन्छ । बहिरोपनको यी ५ लक्षणको बारेमा विस्तारमा जान्नुहोस् ।
१.कानमा सिटी बज्नु
यदी फोनमा कुरा गर्दा सफा सुन्नु भएको छैन वा अचानक कानमा सिटीको आवाज सुनिन थालेको छ भने यसलाई हल्का रूपमा लिनुहुँदैन । यो कानको रोग एकस्टिक न्यूरोमा को लक्षण हुनसक्छ र यसलाई वेवास्ता गर्दाको नतिजा बहिरोपनको रूप लिन सक्छ । एकस्टिक न्यूरोमा वास्तवमा एक ट्यूमर हुन्छ, जसले क्यान्सर त हुँदैन तर यसले सुन्ने क्षमता कम गर्दै पूर्ण रूपमा नष्ट गर्छ । यसको लक्षण एकदमै ढिलो बढ्दै जाने भएकाले रोगीलाई समयमै यस लक्षणको बारेमा थाहा हुन सक्दैन ।
२.कानको सूजन वा पिप आउनु
पटक-पटक कानको सूजन वा पिप आउनुलाई गम्भीर रूपमा लिनुपर्छ । लामो समय सम्म कानबाट पिप बग्ने समस्या हुँदा बहिरोपन हुनसक्छ । यदी वर्षभरिमा चार-पाँच पटक भन्दा अधिक टन्सिल भएमा, अधिक रुघाखोकी भएमा, नाकको साटो मुखबाट श्वासप्रश्वास भएमा र कान दुख्ने समस्या छ भने ईएनटी विशेषज्ञको सल्लाह लिनुहोस् किनभने यी सबै कानको रोगका लक्षण हुन् ।
३.कानेगुजी
कानभित्र एक प्रकारको ओयल बन्ने गर्छ, जसलाई सिटोमिन भनिन्छ । यसले कानको फोहोर बाहिर निकाल्ने काम गर्छ । यदी कानमा सिटोमिन बन्ने काम वा बन्द भएमा कानमा फोहोर जम्न शुरू हुन्छ, जसलाई कानेगुजी भनिन्छ । कानेगुजीको कारण कान सड्ने र हानिकारक जीव बन्न शुरू हुन्छ । त्यही कानको पर्दामा प्वाल हुन्छ । ज्वरो र अरू प्रकारको संक्रमणले पनि कानको पर्दामा प्वाल हुनसक्छ ।
४. कान रातो हुनु
कान चिलाउदा पिन, चाबी, काटीले कानलाई चलाउदा असुरक्षित पद्धतिले कानमा संक्रमण हुनसक्छ । केही चीज जस्तै क्रिम, कानमा उपयोग हुने औषधीको एलर्जीबाट पनि संक्रमण हुन्छ । कान रातो हुने, चिलाउने एवम् दुख्ने हुनसक्छ । यस्ता रोगीले यी चीजको प्रयोग गर्नुहुँदैन ।
५.अन्य लक्षण
अस्थायी रूपमा यो कानमा जमेको फोहोर, टाउकोमा लागेको चोट, कानको पर्दामा हुने खराबले पनि बहिरोपन हुनसक्छ । स्थायी रूपले परिवारमा पहिले नैबहिरोपनको समस्या हुनु वा गर्भावस्थाको समयमा कुनै इन्फेक्शनको कारणले पनि बहिरोपनको समस्या हुनसक्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
