थाइराइडका रोगीले भूलेर पनि नगर्नुहोस् यी पाँच कुराको सेवन, नत्र होला पछुतो

काठमाडौँ । थाइराइड एक प्रकारको हर्मोन हो। हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ। यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ। जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर्दछ।

थाइराइड बढ्दा विभिन्न समस्याको सामना गर्नुपर्छ। महिलाहरुमा यो रोग बढि देखिन्छ। यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबडी, मुटुको धड्कन बढ्नुजस्ता समस्या देखापर्न थाल्छ।

Advertisement

यसको तत्काल उपचार आवश्यक छ। समयमा नै उपचार गरी यो रोगलाई नियन्त्रणमा लिन सकिन्छ। यसका साथै, यो रोग लागेपछि के खाने के नखाने भन्ने कुराको पनि विशेष ध्यान दिनुपर्छ। आज हामी तपाईंलाई थाइराइड रोगी कस्ता खानेकुरा खानुहुँदैन भन्ने बारे जानकारी दिन्छौं।

क्याफिनः

हुन त क्याफिनले थाइराइडलाई प्रत्यक्ष रुपमा बढाउँदैन तर यसले ती समस्यालाई बढाउँछ जुन थाइराइडका कारण उब्जिएको छ । उदाहरणको लागि छटपटी र अनिन्द्रा । यसकारण तपाईं क्याफेनयुक्त– कफी, चकलेटलगायतका खानेकुराबाट टाढा बस्दा नै राम्रो।

आयोडिनयुक्त खानेकुराः

थाइराइड ग्रन्थीले हाम्रो शरिरबाट आयोडिन लिएर थाइराइड हर्मोनलाई पैदा गर्ने गर्दछ। त्यसकारण यो रोग लागेकाहरुले धेरै आयोडिन भएको खानेकुरा खानु हुँदैन। समुन्द्रि खाना र आयोडिन भएको नुन नखानुहोस्।

मद्यपानः

थाइराइडका बिरामी मद्यपानबाट निकै टाढा बस्नुपर्छ । रक्सीजन्य पदार्थले शरिरको ऊर्जाको स्तरलाई प्रभावित गर्ने गर्दछ। यसले थाइराइड रोगीलाई अनिन्द्राले सताउने गर्दछ।

यसका साथै यसले ओस्टियोपोरोसिसको खतरा पनि निम्त्याउँछ। यद्यपी, रक्सीजन्य पदार्थ कसैका लागि पनि राम्रो मानिँदैन। यसका कारण मोटोपना बढ्छ।

वनस्पती घ्यूः

बोलीचालीको भाषामा यसलाई डाल्डा घ्यू भनिन्छ । यो घ्यू मिठाईलगायतका विभिन्न पसलमा प्रयोग गरिन्छ। यसले नराम्रो कोलेस्ट्रोललाई नष्ट गरेर खराब कोलेस्ट्रोललाई बढाउँछ।

थाइराइड बढेकाहरुले डाल्ड घ्यूको प्रयोग गरी बनाइएको खानेकुराको सेवन गरे यसले थप समस्या निम्त्याउने गर्दछ।

रातो मासुः

रातो मासुमा कोलेस्ट्रोल र स्याचुरेटेड फ्याट अत्यधिक हुने गर्दछ। यसले तीब्र रुपमा तौल बढाउने गर्दछ। थाइराइड रोगीले रातो मासु खाँदा शरिर पोल्ने समस्या निम्तिन सक्छ।

रातो मासुको सट्टा तपाईं कुखुराको मासु खान सक्नुहुन्छ। कुखुराको छातीको मासुमा राम्रो प्रोटिन हुन्छ र यसले शरिरमा बोसो बढ्न दिँदैन।

More News last news
Loading...