यी व्यक्तिले नपाउने भए कोरोना बीमा

काठमाडौँ । कोभिड-१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन्। कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन्।

बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ। गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो। तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ।

Advertisement

आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन्। प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन्।

पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो। त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ। बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

‘पहिला कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको हो। तर, अहिले नियमित रूपमा भुक्तानी भइरहेको छ,’ उनले भने, ‘दाबी पाउन योग्य सबैले भुक्तानी पाउनेछन्।’

कोरोना बीमासम्बन्धी मापदण्डअनुसार रू. ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ । कोरोना बीमाको दाबी भुक्तानीले यसअघि नै सो सीमा पार गरिसकेको छ। तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन्।र आजको आर्थिक अभियान दैनिकमा छ।

More News last news
Loading...