कस्ता व्यक्तिलाई हुन्छ पायल्स, कसरी गर्ने उपचार ?

नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स। खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन्। पायल्स भनेको दिसामा रगत जानु हो। जुन अवस्थामा दुख्ने भन्ने हुँदैन। दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं। रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन। दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन।

पायल्स थुप्रै कारणले गर्दा हुन्छ। मुख्य कारण कब्जियत हो। महिलाहरूलाई गर्भावस्थामा पनि पायल्स हुन्छ। गर्भावती भएको बेलामा नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ। त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ।

Advertisement

पायल्सको उपचार

यसको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ। पायल्स दुई किसिमको हुन्छ। मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ। बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ।

पायल्सका चार चरण हुन्छन्।
‘फर्स्ट डिग्री हेमोराइट्स’ को चरणमा रगत जाने हुन्छ तर केही निस्किँदैन। ‘सेकेन्ड डिग्री हेमोराइट्स’ भयो भने दिसा गर्ने बेलामा रगत आउँछ र सँगै मासुको डल्लो बाहिर निस्किन्छ। दिसा गरिसकेपछि भित्र पस्छ।

‘थर्ड डिग्री हमोराइटस’ दिसा गर्ने बेलामा बाहिर निस्केको मासु भित्र पठाउन ठेल्नु पर्ने हुन्छ।

‘फोर्थ डिग्री हेमोराइट्स’ मा त्यो मासुको डल्लो बाहिरको बाहिरै रहन्छ।

उपचार गर्दा बिरामीको पायल्स कुन डिग्रीमा छ भन्नेमा भर पर्छ।

फर्स्ट र सेकेन्ड डिग्री हेमोराइट्सका लागि खानपानलाई नियन्त्रण गर्ने र कब्जियत हुन नदिने हो अथवा औषधी खाने हो भने ठिक हुन्छ।

‘थर्ड र फोर्थु डिग्रीमा पुगेको छ भने अप्रेसन पनि गर्नु पर्ने हुनसक्छ।

रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अप्रेसन गर्नुपर्छ। नशामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अप्रेसन नगरी हुन्न।

लापरबाही गरे के हुन्छ ?

लापरबाही गर्‍यो भने जटिलता आउन सक्छ। रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ। कहिलेकाहीँ संक्रमण समेत हुन्छ।

मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ। यसले क्यान्सर भने गराउँदैन।

के खानेर के नखाने ?

धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन। यसको मुख्य कारण कब्जियत हो। त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ। मासुलगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ। हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन।

आयुर्वेदिक उपचार

पायल्सका लागि हामी पनि आयुर्वेदिक दबाइ सिफारिस गर्छौं। कब्जियत कसरी ठीक हुन्छ भनेर यो औषधी प्रयोग गरिन्छ। गाउँघरमा प्रयोग हुन इसबगोलले कब्जियत हुन दिँदैन। त्यो पद्दति जसले प्रयोग गरे पनि कब्जियत नै हटाउने हो।

अप्रेसन गरे पनि पायल्स दोहोरिन सक्छ। अप्रेसन गर्दा जुन नसा सुन्निएको हुन्छ त्यसलाई बाँधेर निकाल्ने हो। तर कब्जियत भइरह्यो भने फेरि दोहोरिन सक्छ। ५/६ वर्षसम्म हुँदैन तर खानामा ध्यान दिइएन भने फेरि दोहोरिन सक्छ। कतिपय अवस्थामा त दिसा नरोकिने समस्या पनि हुन सक्छ।

More News last news
Loading...