हृदयघात हुनुभन्दा अगाडि नै शरीरमा केही संकेतहरु देखा पर्छन्। तर, जानकारीको अभावमा शरीरमा देखापर्ने यस्ता लक्षणहरुलाई नजरअन्दाज गर्ने गरिन्छ। यस्तै लापरबाहीका कारण केही दिनपछि मुटुमा समस्या आउन सक्छ।
हृदयघात खतरानाक रोग हो । र, यो रोग जो कोहिलाई पनि लाग्न सक्छ। तर, कमैलाई मात्रै थाहा छ, हृदयघात हुनुभन्दा केही दिनअगाडि नै केही दिन अगाडि नै संकेत देखापर्न थाल्छ जसले दैनिक जीवनयापन असामान्य बनाइदिन्छ।
उक्त दिनहरुमा हिँड्दा, काम गर्दा छात्तीमा भारीपन महसुस हुने, सास फेर्न गाह्रो हुने आदि हुन्छ। तर, यसलाई सामान्य लक्षण मानेर मानिसहरु हल्का रुपमा लिन्छन् जसले गर्दा हृदयघात भएको थाहा नै पाउँदैनन्।
हृदयघात हुनु केहि दिन अगाडि सास फेर्न गाह्रो हुन्छ। पूरा सास लिएपछि हावाको कमी महसुस भएको अनुभव हुन्छ। यदि शरीरमा कुनै समस्या छैन र लामो समयसम्म यस्तो भइरहेको खण्डमा स्वास्थ्य सेवा लिन आवश्यक छ।
त्यसैगरी, छात्तीमा जलन महसुस भयो वा लामो समयसम्म अपच हुने समस्या भयो भने सावधान हुन आवश्यक छ । लामो समयसम्म अपचको समस्या भयो भने हृदयघातको संकेत हुनसक्छ।
हृदयघातको केही समय अगाडि हात, बंगरा, दाँत वा टाउकोमा दुखाई सुरु हुन्छ। यदि यस्तो समस्या भयो भने तुरुन्त डाक्टरसँग सेवा लिन आवश्यक हुन्छ। काँधमा वा कम्मरमा लगातार दुखाई भयो भने पनि सावधान हुन आवश्यक छ।
साथै, बारम्बार बान्ता र पेटमा दुखाई भयो भने हृदयघात हुनुभन्दा पहिले देखिने लक्षण हुनसक्छ। यस्ता समस्यालाई नजरअन्दाज गर्नुहुँदैन।
पटक-पटक मुटुको धड्कन तेजसँग धड्किने, एक्कासी धड्कन ढिलो चल्यो भने मुटु कमजोर भएको संकेत हो । साथै, चिढचिढाहट तेजसँग बढ्यो भने पनि मुटुको समस्या हुनसक्छ। त्यसैले यस्ता समस्या देखियो भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
