जटिल बन्दै कोरोना संक्रमण: हप्तामा होइन, तीन दिनमै फोक्सोलाई ५०-७० प्रतिशत संक्रमित गर्दै

काठमाडौँ । भारतमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । नेपालमा पनि दैनिक जसो संक्रमितको संख्यमा वृद्धि भइरहेको छ। यो लहरमा फोक्सोलाई हानी पुर्याउने गतिमा पनि व्यापक वृद्धि भइरहेको छ।

भारतीय मिडियाले विज्ञलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार दोस्रो लहर अर्थात् कोरोनाभाइरसको नयाँ स्ट्रेनले २–३ दिनमा नै फोक्सोलाई ५०–७० प्रतिशतसम्म संक्रमित गर्न सक्छ।

Advertisement

जबकी पहिलो लहरमा यसमा करिब ७ दिनको समय लाग्थ्यो। यसैकारण दोस्रो लहरमा मृत्युको आँकडा पनि बढिरहेको छ।

संक्रमणबारे पत्ता लाग्नु अघि नै फोक्सोमा क्षती भइसक्छः

सामान्यतयाः बिरामीमा कोरोनाको संक्रमण पुष्टि हुन दुईदेखि तीन दिनको समय लाग्छ। एन्टिजन परीक्षण, आरटी-पीसीआर वा सिटी स्कयानको रिपोर्ट आउनमा २४ देखि ३६ घण्टाको समय लाग्छ।

त्यतिबेला सम्म त संक्रमणका फोक्सोमा फैलिसकेको हुन्छ। पल्मोनोलजिस्टका अनुसार २० वर्षसम्म दैनिक २-३ वटा चुरोट पिउँदा जति क्षती हुन्छ त्यति २-३ दिनमा भइसक्छ।

यसपटक यसरी फैलिरहेको छ संक्रमणः

पहिलो लहरः पाँचौं दिन बिरामीको फोक्सोको स्थितिको सिटी स्क्यान संक्रमणको ५-७ दिनसम्म रिपोर्ट नर्मल आउँथ्यो।

दोस्रो लहरः दोस्रो दिन बिरामीको फोक्साको सिटी स्क्यान, ५० प्रतिशत संक्रमण।

दोस्रो लहरः तेस्रो दिनको सिटी स्क्यान, ७० प्रतिशत संक्रमण।

More News last news
Loading...