रुखा खोकी र ज्वरो नआउँदा पनि रहनुहोस् सावधान ! यस्ता छन् कोरोनाका थप नयाँ लक्षण

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा नेपालमा पनि त्यसको जोखिम उच्च देखिएको छ। पछिल्लो समय विश्वभर देखिएको कोरोना संक्रमणका नयाँ लक्षण पनि फेला पर्न थालेका छन्।

रुघाखोकी र ज्वरोलाई कोरोना भाइरसका लक्षण मानिरहँदा अहिले यस बाहेक अन्य लक्षण पनि देखिन थालेका हुन्। आज हामी तपाईलाई कोरोना भाइरसका नयाँ लक्षणका बारेमा जानकारी दिदैछौँ :

Advertisement

आउनुहोस् जानौँ कुन कुन हुन् ती लक्षण ?

हल्का आँखा रातो हुनु
चीनमा गरिएको एक अध्ययनले कोरोना भाइरसका केही नयाँ लक्षणको पहिचान गरेको छ। पछिल्लो समय देखिएको कोरोना भाइरसको संक्रमण हुँदा मानिसको आँखा हल्का रातो वा गुलाबी देखिने गरेको छ। आँखा रातो हुनु वाहेक आँखा सुनिने, र आँसु आइरहने समस्या पनि देखिने गरेको छ।

कान दुख्नु
इन्टरनेशनल जर्नल अफ ओडियोलोजीमा प्रकाशित एक रिपोर्टका अनुसार कोरोना भाइरसको नयाँ लक्षण कानसँग जोडिएको छ। अध्ययनका क्रममा करिब ५६ प्रतिशत कोरोना संक्रमितमा कान दुख्ने समस्या देखिने गरेको छ। यदी तपाईले पनि यस्ता कोही लक्षण महशुस गर्नुभएको छ भने कोरोना भाइरसको नयाँ लक्षण हुनसक्छ।

पेटसम्बन्धी समस्या
कोरोना भाइरसको नयाँ लक्षणमा अहिले पेटसम्बन्धी समस्या पनि देखिने गरेको छ। कोरोना भाइरसको नयाँ लक्षणमा मानिसलाई झाडापखाला लाग्नु, पेटमा ऐठन हुनु र डायजेस्टिक डिसकम्फर्ट महशुस पनि रहेका छन्।

ब्रेन फागको समस्या
कोरोना भाइरसको अर्को लक्षणमा मानिसमा न्यूरोलोजिकल डिसर्डरको समस्या पनि देखिने गरेको छ। एक अध्ययनका अनुसार लामो समयसम्म कोरोना संक्रमित भएका बिरामीमा ब्रेन फग वा मेन्टल कन्फ्युजको समस्या देखिने गरेको छ। यस न्यूरोलोजिकल डिसर्डरको समस्या व्यक्तिको निद्रा र मेमोरी लसमा पनि पर्ने देखिएको छ।

हार्ट बिट
यदी तपाईलाई केही दिनदेखि हृदयमा असामान्य गतिको महशुस गरिरहनुभएको छ भने यसलाई वेवास्ता नगर्नुहोस्। एक अध्ययनका अनुसार कोरोनाको नयाँ लक्षण देखिएका व्यक्तिमा धड्कनको गति निकै तेज रुपमा बढ्ने गरेको छ। यो समस्या ७८ प्रतिशत व्यक्तिमा देखिने गरेको छ।

More News last news
Loading...