बच्चा जन्माउने सोचमा हुनुहुन्छ ? जान्नुहोस् उपयुक्त उमेर कुन हो ?

काठमाडौँ ।  निश्चित उमेरमा जन्मिएका बच्चा तुलनात्मक रुपमा स्वस्थ र स्फूर्त हुने गर्छन । तर धेरैजसोलाई बच्चा जन्माउने कुन उमेर सबै भन्दा राम्रो हो भन्ने जानकारी नहुनसक्छ । जसले गर्दा आमा र बच्चा दुबैलाई समस्या पर्छ। कुन उमेर बच्चा जन्माउनको लागि सबै भन्दा उत्तम हुन्छ ?

कतिलाई भविष्यको चिन्ता त कतिको चाडो तथा ढिलो उमेरमा विवाह हुँदा बच्चा जन्माउने अनुकुल उमेर नहुन सक्छ। कतिपयलाई कुन उमेरमा बच्चा जन्माउनु अनुकुल हुन्छ त कुन उमेर प्रतिकुल थाहा नहुन सक्छ ।

Advertisement

यस्तो अबस्थामा धेरै समस्या सृजना हुन्छ । उपयुक्त उमेर बाहेक अन्य उमेरमा बच्चा जन्माउँदा एकातिर बच्चा स्वस्थ नजन्मन सक्छ भने अर्कोतर्फ आमाको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्छ ।

बच्चा जन्माउने उपयुक्त उमेर कुन ?

बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ वर्र्ष र पुरुषको लागि २० देखि ४०-४५ वर्षसम्म हो । यसमा पनि २० देखि ३० वर्षको महिलाको लागि बच्चा जन्माउने निकै राम्रो मानिन्छ।

हाम्रो समाजमा अझै पनि किशोरी रजस्वला भएपछि बच्चा जन्माउन योग्य भैहाल्छे भन्ने भ्रम छ । कम उमेरमा वा २० वर्ष भन्दा पहिले केटी मान्छेमा वृद्धि विकास पूर्ण रुपमा भैसकेको हुँदैनन् ।

यस्तै ३५ वर्ष भन्दा पछिका महिलामा आवश्यक हर्मोन र अण्डाको कमी हुने, अण्डाको गुणस्तरमा कमी हुने हुन्छ र शारीरिक रुपमा पनि ढल्कदो उमेर भएकाले जटिलता सृजना हुन्छ ।

अनुपयुक्त उमेरमा बच्चा जन्माउँदा देखा पर्ने समस्या :

-बच्चा अपांग जन्मने ।

-सुत्केरी हुँदा शल्यक्रिया अनिवार्य जस्तै हुने ।

-आमा र बच्चामा दीर्घकालसम्म समस्या देखापर्ने ।

More News last news
Loading...