काठमाडौँ । एउटा जनरल प्रक्टिसनरका रुपमा आफूले देखेको र मधुमेह भएकाहरु धेरैले ध्यान नदिएको गोडाको स्याहारको महत्वबारे केही जानकारी प्रस्तुत गरेको छु।
मधुमेहको उपचार र मधुमेह भएकाहरुले खानपानमा विशेष ध्यान दिने गरे पनि गोडाको स्याहारमा खास ध्यान पुर्योउने गरेको पाइँदैन।
मधुमेहले शरिरका महत्वपूर्ण अङ्गहरुमा नकारात्मक असर पुर्या उने बुझेर जसरी महत्व दिइन्छन् त्यति गोडाको स्याहारमा ध्यान पुर्या उने गरेको पाइँदैन।
मधुमेह भएका मानिसहरुले आफ्नो गोडाको स्याहार राम्रोसँग नगरेमा डायबिटिक फुट अल्सर (गोडामा घाउ) भएर गोडाको कुनै भाग वा पुरै गोडा नै गुमाउनुपर्ने अवस्था उत्पन्न हुन्छ।
जसले गर्दा मधुमेह भएका मानिसको जिवनस्तर खस्कनुका साथै त्यसको नकारात्मक असका कारण सम्पूर्ण परिवार नै प्रभावित हुन्छ।
समान्य रुपमा गोडाको स्याहर गर्न त्यति गाह्रो छैन। हामीले घरमा सजिलै उपलब्ध हुने सामग्रिहरु प्रयोग गरेर गोडाको स्याहार गर्न सक्छौं।
बाथरुममा नुहाउनका लागि प्रयोग गरिने नाइलनको जाली, सानो ऐना, नेल कटर र छाला नरम बनाउने क्रिम प्रयोग गरी सरल तरिकाले गोडाको स्याहार गर्न सकिन्छ।
गोडाको स्याहार गर्ने तरिकाः
सफा पानिले गोडा धुने
सफा कपडाले गोडाको सम्पूर्ण भाग सुख्खा हुनेगरी पुछ्ने।
गोडामा ठेला उठेको वा पैताला फुटेको छ वा छैन हेर्ने।
छाला र पैतालालाई नरम बनाउन ग्लिसिरिन भएका क्रिमहरु प्रयोग गर्ने।
नङ काट्दा सिधा काटेर नङको कुनाको भागलाई फाइलरले घोटेर मिलाउने।
साथमा, सम्भव भएसम्म खाली गोडा नहिँड्ने, आफ्नो साइजको र तुना भएको जुत्ता मात्र लगाउने गर्नाले पनि गोडाको स्याहारमा मद्दत गर्ने।
यसरी मधुमेह भएकाहरुले आफ्नो गोडाको हेरचाह गरेमा डायवेटिक फुट अल्सरबाट जोगिन सकिन्छ।
(डा बिकास श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत जनरल प्राक्टिसनर हुन्। उनले क्रिष्चियन मेडिकल कलेज भेल्लोरबाट डायवेटोलोजीमा फेलोसिप तथा डायवेटिक फुट केयरमा तालिम हासिल गरेका छन् ।)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
