ग्याष्ट्रिक बढेपछि हुन्छ अल्सर र क्यान्सरको जोखिम, यी लक्षण देखिए रहनुहोस् सावधान !

सामान्यतया हामीले खाएका विभिन्न प्रकारका खानापानहरु नै हाम्रो शरीरमा रोग निम्ताउने गर्दछन । त्यसैले आफुले खाने खानामा सधै बिचार पुर्याउनु नै उत्तम मानिन्छ । भनिन्छ नि prevention is better than care.

१. अल्सर भए पछि कस्तो देखा लक्षण पर्छ ?

Advertisement

खाना खाइसकेपछि पनि दुःख्छ, पोल्छ, बेचेनी हुन्छ, उल्टी गर्ने इच्छा हुन्छ, उल्टी भएपछि आराम मिल्छ, रगत छादनु, आन्तरिक रक्तश्राव हुनुको साथै कालो रंगको दिसा आउँछ।

२. पेटको अल्सर लागिसकेपछि के के खाने ?

खाना ५-६ पटक थोरै थोरै गरेर खाने । चिसो दुध एक पटकमा एक कप गरेर पटक पटक दिनमा ७-८ पटक खाने । खानामा दुध, दाल, विस्कुट, टोस्ट, भात, मुंगको दाल, साबुदाना, जाउलो, आरारोट,मक्खन खाने । अंगुर, पाकेको केरा, स्याउ, गाँजर खाने । प्रोटिनयुक्त पदार्थ, अण्डा पनिर, दाल आदि खाने ।

३. पेटको अल्सर लागि सकेपछि के के नखाने ?

अत्याधिक तातो, चिसो खानाबाट टाढै बस्ने । खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने । तातो खाना छिटो छिटो नखाने । पिरो, मसालेदार, चटपटे तरकारी, अमिलो मही र छाछ धेरै नखाने । र’क्सी, गाढा रंग हालेको चिया कफी धेरै नखाने । एक पटकमा धेरै दुध नखाने । तारेको भुटेको खाना धेरै नखाने।

४. रोग निवारणमा सहायक उपाय पेटको अल्सर लागिसकेपछि के के गर्ने ?

खाना निश्चिन्त भएर विस्तारै चपाइ चपाई खाने । शारीरिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । तनाव र चिन्ताा हटाउने र हास्न र खुशी रहन सिक्ने घर बाहिर काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने २-४ वटा विस्कुट खाने । शरीरिक एवम् मानसिक शिथिलताको लागि शवासन गर्ने पेटको अल्सर लागिसकेपछि के के नगर्ने ? धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने ।

व्रतलिन छाडिदिने । मानसिक तनाव र चिन्तामा डुबेर बस्न छोडिदिने राती धेरैबेरसम्म नबस्ने । दुखाइ हटाउने दबाइ आफू खुशी नखाने । दिउँसो सुत्ने बानी नबसाउने । कालो चियाको प्रयोग विल्कुलै नगर्ने ।

More News last news
Loading...