यसरी उमार्न सकिन्छ केमोथेरापीबाट झरेको कपाल

काठमाडौँ । क्यान्सरबाट लड्न त्यति सजिलो हुँदैन्। यदि तपाईं महिला हुनुहुन्छ भने क्यान्सरमा प्रयोग हुने केमोथेरापीबाट सबैभन्दा पहिला नोक्सान कपाललाई हुन्छ।

तपाईको कपाल जतिनै बलियो अथवा सुन्दर भएपनि केमोथेरापीबाट कपालको वृद्धिमा नकारात्मक असर पर्ने निस्चित हुन्छ। त्यसैले आफ्नो उपचारमा ध्यान दिनुहोस् र झरेको कपालको बारेमा चिन्ता लिनुको सट्टा यस किसिमको तरिका अपनाउनोस् ।

Advertisement

केमोथेरापीपछि तपाईको झरेको कपाल कतिदिन पछि पलाउछ भन्ने कुरा यसमा निर्भर हुन्छकी केमोथेरापी र औषधिहरुको असर तपाईको टाउकोमा कति परेको छ।

केमोथेरापी सकिएको २–३ हप्तापछि सबैभन्दा पहिला धेरै पातलो र नरम कपाल आउछ र पछि उम्रन सुरु हुन्छ । २-३ महिना पछि १ इन्च जति कपाल लामो हुन्छ र काईयोले कोर्न मिल्ने कपाल आउन चाहिँ करिब १ वर्ष जति लाग्छ।

तपाईको झरेको कपाल उमार्ने सबैभन्दा राम्रो तरिका यो हो कि तपाईं भिटामिन र खनिजको प्रयोग गर्नुस् । सप्लिमेन्टस्हरु खानुको साथ-साथै आफ्नो डाईटमा यस्तो खानाहरुको प्रयोग गर्नुस् जसमा भिटामिन तथा खनिजहरु धेरै मात्रामा होस ।

स्वस्थ कपालको लागि भिटामिन सि र भिटामिन इ एकदम जरुरी मानिन्छ जबकी टाउकोको छालामा रक्तसन्चार बढाउनको लागि भिटामिन बी महत्वपूर्ण हुन्छ।

त्यसकारण तपाईं आफ्नो खानामा अमिला फलफुल गोलभेडा, ब्रोकाउली बदाम, मुगी, एभोकाडो, पालुंगो , अण्डा तथा माछा जस्ता चिजहरु प्रयोग गर्नुुहोस्।

तपाईलाई यो कुरा त थाहा होला कि हाम्रो कपाल प्रोटिनबाट बनेको हुन्छ त्यसकारण तपाईं आफ्नो कपाल बलियो बनाउनको लागि आफ्नो डाईटमा बढि प्रोटिनयुक्त चिजहरुको प्रयोग गर्नुस्। जस्तै मासु, तोफु, अण्डा, दूध, दाल आदि प्रोटिनयुक्त चिज।

तपाईं चाहानुहुन्छ भने आफ्नो कपालको वृदिको लागि खानामा ओमेगा ३ तथा ओमेगा ६, फ्याटि एसिड जस्ता चिजहरुको साथमा सप्लिमेन्ट्सको प्रयोग गर्न सक्नुहुन्छ।

साल्मन माछा जस्ता चिजहरुमा फ्याटि एसिडको मात्रा धेरैनै हुन्छ त्यसकारण यस्ता चिजहरुको प्रयोग गर्न सुरु गर्नु एकदम राम्रो हुन्छ।

More News last news
Loading...