काठमाडौँ । पछिल्लो समयमा पेट पोल्ने समस्याले अधिक जनसँख्यालाई दुःख दिएको छ । यसको मतलव पेट पोल्ने समस्या हामी धेरैमा भएको छ । खानपानमा समय नदिनाले वा खाँदा सुरक्षा नपनाएकै कारण यो रोगले धेरैलाइ पिरोलेको छ ।
सामान्यतयाः खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ । यहि कारणले दिनभरी नै मानिस स्फुर्त नहुने वा अल्छे हुने वा काममा जाँगर नहुने पीडाबाट ग्रसित छन् । यसैकारण पेट दुख्ने समस्या साझा समस्या भएको छ।
के कारण हो पेट पोल्ने ?
पेट पोल्ने कारणहरु धेरै भएपनि हामी धेरैलाई हुने मुख्य कारण भनेको ग्यास्ट्राइटिस, रिफल्क्सलाई चिकित्सकहरुले प्रमुख मानेका छन् । पेटमा दिन या रातमा बन्ने एसिडको मात्रा धेरै भएमा वा पेट भित्रको एसिडबाट बचाउ गर्ने तह कमजोर भएमा त्यसले पेट पोल्ने हुन्छ।
कुनैबेला पेटबाट माथि खाना जाने नली हुँदै घाँटीसम्म एसिड पुग्ने भएकाले छाती पोल्ने र अमिलो पानी आउने पनि गर्दछ । पेटको अल्सर भएमा पनि यसले पेट पोल्ने समस्या देखिन सक्छ ।
खाना समयमा नखाने, अमिलो, पिरो, चिल्लो बढी खाने, धेरै मानसिक तनाव लिने आदि मानिसहरुमा पेट पोल्ने समस्या धेरै देखिन सक्छ ।
पेट पोल्नेका लक्षणहरु
मुखमा अमिलो पानी आउने
वाकवाकी लाग्ने बान्ता हुने
खान मन नलाग्ने
दुब्लाउँदै जाने
दातको रंग बिग्रने
खोकी लाग्ने घाँटी दुख्ने
उपचार के हो ?
चिकित्सकको सल्लाह अनुसार बिरामी हिँड्नुपर्ने हुन्छ । पेट पोल्ने समस्या एकपटक सन्चो भएपनि फेरि बल्झिन सक्ने भएकाले खानपिनमा विशेष ध्यान रोगीले पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ ।
उपचारको समय वा पेट पोल्ने समस्यालाई न्यूनिकरण गर्दै लैजानको लागि अमिलो, पिरो, चिल्लो खानेकुरा सकेसम्म नखाने । भोकै खालीपेट नबस्ने बिहान उठेपछि कम्तिमा प्रसस्त पानी पिउनु आवश्यक छ । यस्तै तौल घटाउने रक्सी, चुरोट आदि सेवन नगर्नु रोगीको हित हुन्छ।
चिया, कफी आदि धेरै मात्रामा नपिउने, एकैचोटि धेरै भन्दा थोरै-थोरै धेरैपटक खाने बानी बसाल्नु पर्छ । सुत्नु भन्दा करिब ३ घन्टा अगाडी नै खाना खाने जस्ता कुराहरुमा ध्यान पुर्याउन सकियो भने पेट पोल्ने समस्या घटेर जाने चिकित्सकहरु बताउँछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
