एमाले जिल्ला कमिटी घोषणा, उपाध्यक्षमा शोभा सापकोटा चयन (सूचिसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी एक मात्र महिला वडाध्यक्ष शोभा सापकोटा नेकपा (एमाले) को जिल्ला उपाध्यक्ष मनोनित भएकी छिन्।

नेकपा (एमाले) को नेपाल–खनाल समूहले आइतबार बसन्त मानन्धरको नेतृत्वमा काठमाडौँमा २२५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ। उक्त जिल्ला कमिटीको उपाध्यक्षमा काठमाडौँ महानगरपालिका–१४ की वडाध्यक्ष सापकोटा सर्वसम्मत चयन भएकी हुन्। यस्तै सचिवमा कुसु कुमार कार्की र सहसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ चयन भएका छन्।

Advertisement

एमालेको काठमाडौँ जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन्। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाउन शुरु गरेका छन्। निलम्बित नेताहरुमा डा. भीम बहादुर रावल, सुरेन्द्र पाण्डे र, घनश्याम भूषाल रहेका छन्।

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमुहबीच विवाद बढ्दै जाँदा नेपाल–खनाल समुहले देशभर समानान्तर कमिटी घोषणा गरिरहेको छ।

यसअघि सो समुहले कास्की जिल्लामा जिल्लामा पहिलो जिल्ला कमिटी घोषणा गरेको थियो भने लगत्तै गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश कमिटी गठन गरेको छ। साथै नेपाल समुहले युवा र विद्यार्थी संगठनका केन्द्रय समितिसहित केन्द्रीय कार्यालय समेत स्थापना गरिसकेको छ।

यस्तो छ नव गठित जिल्ला कमिटी सदस्यहरुको नामावली

More News last news
Loading...