कोरोनाबाट विदेशमा थप ४ नेपालीको ‘ज्यान गयो’ ? मलेसिया, कतार र युएईमा संक्रमण बढ्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ जनाको ‘निधन’ भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

Advertisement

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको ‘निधन’ भएको छ।

संयोजक डा सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ। तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ।

नेपालमा शनिबार साँझसम्म २ लाख ७७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएकामध्ये ९८ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पछिल्लो समय नेपाल सहित विश्वकका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ।

समितिका संयोजक डा. सन्जिव सापकोटाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न, सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउन, भौतिक दुरी कायम गर्न, हात धुने/स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, लगायतका समितिले यसअघि जारी गरेको स्वास्थ्य निर्देशिका पालना गर्न समेत आग्रह गरेका छन्।

डा. सापकोटाले संक्रमणको नयाँ स्वरुप बढ्दै गएकाले पनि थप सचेत हुनुपर्नेमा जोड दिएका छन्।

More News last news
Loading...