काठमाडौँ । हरेक चीन सेवन गर्दा हामीले ध्यान दिन जरुरी हुन्छ । यदी खानामा सन्तुलन नमिल्यो भने विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाल्दछन्।
केही यस्ता चीज छन् जो केही चीजसँग खान हुँदैन्। आज हामी तपाईलाई कुन चीजसँग के नखाने भन्ने बारेमा जानकारी दिदैछौँ ।
आउनुहोस् जानौँ कुन चीजसँग के खान हुँदैन ?
दुध र माछा–मासु एकै साथ वा उत्तिखेरै खानु हुँदैन ।
मासु र सातु एकै साथ खानु हुँदैन।
परेवाको मासु तेलमा भुटेर खानु हुँदैन ।
गरम चीज खादा उत्तिखेरै वा साथ साथै दही खानु हुँदैन ।
तामाको भाडामा धेरै बेर राखेको दुध नखानु ।
काँशका भाडामा धेरै बेर राखेको घिउ नखानु ।
महसँग तातो चीज वा तातो दूधमा मह राखेर नखानु ।
खीरसँग खिचडी, तर्कारी वा दही, मोही नखानु ।
घिउ मह बराबर मिलाएर नखानु ।
धेरै प्रकारका मासु एकै छाकमा वा एकै दिनमा नखानु ।
घिउ, तेल, मह, पानी र दुध एकै साथ वा उत्तिखेरै नखानु ।
मोही, दाल र भात मुछेर वा उत्तिखेरै नखानु ।
मूला, लसुन र तुलसी खाएर वा एकछिनपछि दूध नखानुहोस्।
यी बस्तु खाएमा स्वास्थ्यमा नराम्रो असर पर्नुका साथै विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाल्दछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
