कोलेस्ट्रोल बढे हुनसक्छ हृदयघात, यस्ता पूर्व संकेतलाई भूलेर पनि नगर्नुहोस् वेवास्ता

काठमाडौँ । हिजोआज कोलेस्ट्रोलको जोखिम यस्तो समस्या भएको छ कि युवा व्यक्तिहरू, मध्यम आयु वर्गका व्यक्ति र बुढाबुढीहरू समेत यसबाट सचेत हुनु पर्ने आवश्यकता छ। यो यस्तो खतरनाक रोग हो जसको पूर्व संकेत पनि केही मिल्दैन र अचानक ठूलै समस्या पनि निम्त्याइदिन सक्छ।

जब समस्या यति ठूलो बन्छ त्यसपछि त्यसलाई सम्हाल्न गाह्रो हुन सक्छ। त्यसैले यस्तो समस्या निम्तिनुभन्दा पहिले नै यसको रोकथामको उपाय खोज्न सकिन्छ।

Advertisement

कोलेस्ट्रोलबाट बच्न, तपाईंले चरणबद्ध रूपमा योजना बनाउन सक्नुहुन्छ। केही सानातिना प्रयासमा जुट्नुभयो भने तपाईंले यो खतरनाक समस्याबाट समाधान भेट्न सक्नुहुन्छ।

शरीरको लागि आवश्यक छ कोलेस्ट्रोल

महत्वपूर्ण कुरा त के छ भने कोलेस्ट्रोल शरीरको लागि आवश्यक कुरा हो। कोलेस्ट्रोल एक रासायनिक यौगिक हो जुन सेल गठन र हर्मोनहरूको लागि आवश्यक हुन्छ।

जब यो कोलेस्ट्रोल बढ्न जाँछ त्यसपछि शरीरमा पीडा सुरु हुन्छ। जसले हृदय रोग, हृदयघात र विभिन्न धमनीमा देखिने रोगको जोखिम बढ्न जान्छ।

कति कोलेस्ट्रोल आवश्यक छ शरीरलाई ?

कोलेस्ट्रोल दुई प्रकारको हुन्छ । कम घनत्व भएको लाइपोप्रोटिन वा खराब कोलेस्ट्रोल ९हानिकारक कोलेस्ट्रोल० धमनी ९रक्त वाहिका० मा जम्मा भएर खतरनाक रोगहरू निम्त्याउने कोलिस्ट्रोल।

हाइ डेन्सिटी लाइपोप्रोटिन (एचडीएल)लाई राम्रो कोलेस्ट्रोल पनि भनेर चिनिन्छ। यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कलेजोसम्म लैजाने काम गर्छ। ताकि यस्तो कोलेस्ट्रोल शरीरबाट बाहिर जाओस्।

कलेजोले बनाउँछ कोलेस्ट्रोल

हाम्रो कलेजोले शरीरलाई चाहिने कोलेस्ट्रोलको ८० प्रतिशत हिस्सा उत्पादन गर्छ। बाँकी २० प्रतिशतका लागि हामीले दैनिक खाने आहारमा भर पर्छ।

मासु, अण्डा, माछा, कुखुरा र दुग्ध पदार्थ (दूध, दही, घिउ) कोलेस्ट्रोल प्राप्त हुने स्रोतहरू हुन्। रूखको बोटहरूबाट लिइएको खानामा कुनै प्रकारको कोलेस्ट्रोल हुँदैन।

कलेजोले रगतमा रहेको कोलेस्ट्रोललाई नियन्त्रण गर्ने काम गर्छ। प्रत्येक पटक खाना खाएपछि कोलेस्ट्रोललाई सानो आँतले ग्रहण गर्ने गर्छ। जसलाई कलेजोले भण्डार गरेर राख्छ।

जब शरीरलाई कोलेस्ट्रोल चाहिन्छ त्यो कलेजोले नै पठाउँछ र नचाहिने कोलेस्टेललाई शरीरबाट हटाउँछ। जब शरीरमा अत्यधिक कोलेस्ट्रोल भण्डार हुन्छ।

शरीरको लागि कतिबेला यो खतरनाक बन्छ ?

कोलेस्ट्रोल बढाउने खानेकुराको उच्च प्रयोगले शरीरमा एलडीएल (खराब कोलेस्ट्रोल)को मात्रा बढ्दै जान्छ। यसलाई हाइ कोलेस्ट्रोल भन्ने गरिन्छ।

यदि शरीरमा एलडीएल एकदम उच्च छ र एचडीएल एकदम कम छ भने रक्त कोषहरूमा कोलेस्ट्रोल जम्मा हुन थाल्छ।कोलेस्ट्रोलले शरीरमा रगत ठीकसँग बग्दैन। यसले मुटु र दिमागमा समस्या निम्त्याउँछ। यो घातक पनि हुन सक्छ।

कोलेस्ट्रोल वृद्धिको संकेत कसरी पत्ता लगाउने ?

उच्च कोलेस्ट्रोलको आफैंमा कुनै लक्षण छैन। धेरै जसो अवस्थामा यो अचानक देखा पर्न सक्छ। कतिपय समयमा यो हृदयाघातको रुपमा पनि देखिन सक्छ। तपाईंको शरीरमा कोलेस्ट्रोल बढ्दै गयो भने रक्तनलीहरू साना हुँदै जान्छन् र रगत ठीकसँग बग्दैन।

कसरी सतर्क रहने ?

रक्त परीक्षणद्वारा कोलेस्ट्रोल पत्ता लगाउन सकिन्छ । २० वर्ष उमेरपछि हरेक ४ देखि ६ वर्षसम्म आफ्नो रगतको परीक्षण गराइराख्नु पर्छ भन्ने मान्यता राखिन्छ।

यदि तपाईको परिवारमा पहिले कसैलाई उच्च कोलेस्ट्रोलको समस्या छ भने तपाईंले आफ्नो कोलेस्ट्रोल छिटोछिटो जाँच गर्नुपर्छ। उच्च रक्तचाप, बढेको तौल र धुम्रपान धेरै प्रयोग गर्ने व्यक्तिले पनि छिटोछिटो कोलेस्ट्रोलको जाँच गर्नु राम्रो हुन्छ।

उच्च कोलेस्ट्रोलका कारणहरु

आहारः धेरै चिल्लो र दुग्ध पदार्थ खानुले कोलेस्ट्रोल बड्न सक्छ। अण्डा एवं मासुजन्य खानेकुरा पनि कोलेस्ट्रोलको कारक हो।

वजनः अधिक वजन पनि कोलेस्ट्रोलको कारण बन्ने गर्छ। धेरै वजन हुँदा खराब कोलेस्ट्रोल पनि बढ्ने सम्भावना हुन्छ।

शरीरिक गतिविधिको अभावः शारीरिक गतिविधिको अभावले पनि एलडीएल अर्थात् खराब कोलेस्ट्रोल बढाउन सक्छ।

उमेर र लिंगः उमेर र लिंगे पनि यसलाई असर गर्छ। २० वर्षको उमेरपछि मान्छेको शरीरमा स्वाभाविक रुपमा कोलेस्ट्रोल बढ्न थाल्छ।

पुरुषमा कोलेस्ट्रोलको स्तर ५० वर्षको उमेरपछि बिस्तारै कम हुँदै जान्छ। जबकी महिलाको रजोनिवृत्तिसम्म यो धेरै कम हुने गर्छ।

यसबाहेक केही दीर्घ रोग, पहिले कोलेस्ट्रोल भएका व्यक्ति परिवारमा भएमा त्यसको वंशाणुगत गुण सर्ने, केही प्रकारको औषधिको असर हुने वा धुम्रपानको कारणले समेत कोलेस्ट्रोलको समस्या निम्तिन सक्छ।

कोलेस्ट्रोल बढ्नुका लक्षण

हिड्दा सास फुल्नु, उच्च रक्तचाप, मुधमेह, पैताला दुख्नु, कब्जियत, कपाल झर्नु, गर्दन दुख्नु भनेकै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नुको लक्षण हो।

More News last news
Loading...