काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजे आह्वान गरिएको काँग्रेस पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । उक्त बैठकमा काँग्रेसको भदौमा हुने १४ औं महाधिवेशनका बारेमा छलफल हुनेछ।
बैठकमा क्रियाशील सदस्यहरुको तालिकामा ढिलाई हुन जाँदा अन्य तालिका पनि प्रभावित हुने भएकाले तालिकासमेत हेरफेर हुने बुझिएको छ।
काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार शुक्रबारको बैठकमा मूलरुपमा महाधिवेशनको तयारीको विषयमा छलफल हुनेछ।
पौडेलले भने, ‘विभिन्न समितिहरुले काम गरेको अवस्था छ । क्रियाशील छानबिन समितिले कामहरु गरिरहेको छ । कतिपय ठाउँमा समस्याहरु रहेका छन् । जसका कारण थोरै तालिका तलमाथि पर्न सक्छ । कार्यतालिकालाई के कसरी परिमार्जन गर्ने भन्नेबारे छलफल होला।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
