मेलम्ची पानीको औपचारिक उद्घाटन आज, बालाजु क्षेत्रमा पनि बितरण शुरु

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौँ उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्ने कार्यक्रम छ।

Advertisement

काठमाडौँमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।

यसअघि आयोजनाले २३ गते सोमबार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाले जनाएको छ। काठमाडौँमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण सुरु भइसकेको छ ।

यी ठाउँमा पानी बितरण सुरु

अहिलेसम्म काठमाडौँको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ।

यसैबीच, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने जनाइएको छ।

More News last news
Loading...