अनुहार कालो हुनबाट बचाउन चाहनुहुन्छ ? बिहान उठ्नासाथ अपनाउनुहोस् यी उपाय

काठमाडौँ । गोरो बन्ने चाहना हर कोही व्यक्तिको हुने गर्छ। कोही व्यक्तिको अनुहार जन्मजात नै कालो हुने गर्छ भने केही व्यक्ति भने बच्चामा गोरा भएर पछि काला हुने गर्छन्।

आज हामी तपाईलाई कालो अनुहार गोरो बनाउने २ उपायका बारेमा जानकारी दिदैछौँ । जसले छालालाई नरम र मुलायम बनाउनुका साथ साथ गोरो र चम्किलो पनि बनाउन सहयोग गर्ने गर्छ।

Advertisement

आउनुहोस् जानौँ ती उपायका बारेमा

चिसो पानीले धुनुहोस्ः बिहान उठेर मुख त हामी जो कोही पनि धुने गर्छौँ । तपाई उठ्ने वित्तिकै सबैभन्दा पहिले अनुहार चिसो पानीले राम्रोसँग धुनुहोस्। तर तपाईले अनुहार धुँदा एउटा कुरा चाही ध्यान दिन आवश्यक छ।

तपाईले बिहान अनुहार धुँदा साबुनको प्रयोग नगर्नुहोस्। साबुनको सट्टा घरमै पाइने बेसन तथा चामलको पिठोको प्रयोग गर्न सक्नुहुनेछ। हरेक बिहान मुख धुँदा साबुनको सट्टा यी चीजको प्रयोग गर्नुभयो भने विस्तारै विस्तारै तपाईको अनुहार गोरो र चम्किलो हुन थाल्छ । यो उपाय तपाईले हरेक बिहान उठ्नासाथ गर्न सक्नुहुनेछ।

बिहानै मसलेदार चिजको सेवन नगर्नुहोस्ः मिठो खाना खाने चाहना त हर कोहीको हुन्छ । तर खाना खानलाई समयको ध्यान दिन भने अत्यन्तै आवश्यक पर्छ । खाना हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएका कारण खाना खाँदा जहिलेपनि सामान्य चीजको सेवन गर्नु राम्रो मानिन्छ।

मसलेदार र बढी चिल्लो खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ। अझ बिहानै मसलेदार खाना खानु अझ घातक हुनसक्छ। बिहानै मसलेदार खानेकुराको सेवन गर्दा स्वास्थ्यका साथसाथ छालामा पनि नराम्रो असर पर्ने गर्छ।

त्यसैले बिहान उठेर मसलेदार युक्त खानाको सेवन नगर्नुहोस्। त्यसको साटो सादा र हल्का गेडागुडीको सेवन स्वास्थ्य र छालाका लागि अति उत्तम हुने गर्छ।

More News last news
Loading...