शरीरका यी अंगमा गाँठो देखिए रहनुहोस् सर्तक, नत्र हुनसक्छ क्यान्सरको समस्या

काठमाडौँ । गाँठोलाई सिस्ट पनि भन्ने गरिन्छ । यो शरीरको कुनै पनि हिस्सामा हुनसक्छ । कुनै गाँठो यस्तो हुन्छन् जुन जन्म बाटै निस्किेका हुन्छन् । जुन आफै ठिक हुन्छ तर चोट लागेमा, मोटापा,या कुनै तरहको संक्रमणबाट हुने गर्दछ ।

यदि तपाईको शरीरमा पनि कुनै प्रकारको गाँठो छ भने यसलाई अनदेखा नगर्नुहोला । कुनै गाँठो ले क्यान्सरसम्म हुने खतरा दिन्छ ।

Advertisement

जसले हाम्रो ज्यान जाने सम्भावना पनि हुन्छ । यदिद तपाईको शरीरमा कुनै गाँठो छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुहोला ।

यी कारणले बन्दछ शरीरमा गाँठो
वंशाणुको कारणले पनि गाँठो सम्बन्धि समस्या हुनसक्छ । यानी यदि तपाईको आमा बुबा मध्ये कसैलाई पनि यो समस्या छ भने बच्चालाई पनि त्यस्तै समस्या उत्पन्न हुने आशंका ५० प्रतिशत भन्दा बढी हुन्छ।

अझ बढी बच्चाले यस कुरामा ख्याल गर्नुपर्छ। यदि बच्चामा कुनै गाँठोको समस्या देखिएमा तुरुन्त शिशु रोग विशेषज्ञकोमा गई परामर्श लिनैपर्ने हुन्छ।

टाउको मा र पेटको तल्लो हिस्सा अत्याधिक दुख्नु
गाँठो शरीरको माथिल्लो हिस्सामा मात्रै होइन पेटको तल्लो हिस्सामा पनि आउने सम्भावना हुन्छ । यदि तपाईको टाउकोमा गाँठो आएको छ भने टाउको बहुतै दुख्ने गर्छ ।

ओवेरियन सिस्ट हुँदा पेटको नाइटोमा अत्याधिक मात्रामा दुख्ने,यदि फोक्सोमा गाँठो भए सास लिन गाह्रो हुने गर्दछ।

सुगर लेवल नियमित जाँच गर्नुहोस्
डायबिटीजका बिमारीलाई पीठ्उमा गाँठो बन्ने र महिलाको स्तनमा पनि गाँठो आउने आशंका अधिक मात्रामा हुन्छ । त्यसैले नियमित रुपमा सुगर लेवल जाँच गराइराख्नुपर्दछ।

दैनिक भास्कर हिन्दीबाट अनुवाद

More News last news
Loading...