के तपाईको ढाड वा कम्मर एक्कासी चसक्क-चसक्क चस्किन्छ ? रहनुहोस् सावधान !

काठमाडौँ । एक्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले धेरैलाई सताएको छ। के कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? मेरुदण्डलाई मांशपेसीले समातेको हुन्छ।

कम्मर वा ढाडलाई बोझ पर्ने कुनैपनि काम गर्दा मांसपेशीमा संकुचन आयो वा ‘मसल स्पाजम’ भयो भने खुम्चन्छ र मांसपेशी पुनः पहिलेको जस्तो भएन भने एक्कासी झस्का पस्छ।

Advertisement

कस्ता व्यक्तिलाई बढी झस्का पस्छ ?

१) लगातार निहुरेर काम गर्ने ।

२) कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने ।

३) उठिरहने वा निहुरिरहने ।

४) विशेषगरी शारीरिक बनावट र कामको बोझले गर्दा तुलनात्मक रुपमा महिलाहरुमा झस्का पस्ने समस्या बढी हुन्छ ।
चस्का पस्ने सम्भावना बच्चामा कम हुन्छ । उमेर बढेसँगै यो समस्या पनि बढ्ने गर्छ।

झस्का पस्ने प्रमुख कारण

१) शारीरलाई चलायमान नराख्दा ।

२) बढी तौल वा अस्वस्थ खानपान ।

३) शारीरिक व्यायाम नगर्ने ।

लक्षण
बसेर उठ्दा, नुहाएर बाहिर निस्कँदा वा निहुरिएर बस्दा एक्कासी च्वास्स दुख्नु वा झस्का पस्नु।

झस्का पस्दा ढाड वा कम्मरमा दुखाई ज्यादा हुन्छ । ढाड अररो हुन्छ,चल्दा वा यताउता गर्दा धेरै दुख्ने हुन्छ।

झस्का पस्दा घरमै पनि उपचार गर्न सकिन्छ

झस्का पसेको ठाउँमा तातोले सेक्ने । झस्का पस्दा दुखाई बढी भएपनि धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर झस्का पस्दा बेवास्ता वा दुखाई कम गर्ने अनावश्यक औषधिको सेवन गर्नु हुँदैन।

कहिलेकाँही नशा च्यापिएर पनि झस्का पस्ने हुनसक्छ। त्यसकारण झस्का पसे पछि जतिसक्दो छिटो विशेषज्ञ चिकित्सककोमा परीक्षण गराउनु पर्छ।

More News last news
Loading...