भूलेर पनि नगर्नुहोस् यी १० गल्ती, नत्र जवानीमै देखिनुहोला बुढो

काठमाडौँ । बिहान देखि बेलुकासम्म कतिपय अवस्थामा हामीले यस्ता गल्ती गरिरहेका हुन्छौँ जसले स्वास्थ्यमा गम्भीर असर पारिरहेको हुन्छ। यस्ता सामान्य गल्तीले हाम्रो छालामा प्रभाव पार्दछ जसकारण हामी कम उमेरमै बूढो देखिन थाल्छौँ।

हाम्रो अनुहारमा आउने पिम्पल, चाउरीपना, पोतो र छाला सम्बन्धी अन्य समस्याले सिधै हाम्रो उमेरलाई बढाइदिन सक्छ। यदि हामीले त्यस्ता गल्तीप्रति ध्यान दियौँ भने आफ्नो छालालाई जवान राख्न सक्नेछौँ।

Advertisement

सम्बन्धमा तनावः लगातार तनाव बढ्ने गर्यो भने हाम्रो शरीरमा त्यस्ता हर्मोनहरु उत्पादन हुन्छन् जसले स्वास्थ्यलाई हानि पुर्याउँछ र तनाव बढाउँछ । यसका कारणले हाम्रो छालामा समयभन्दा पहिले नै चाउरीपना आउन थाल्छ।

बिहान खाजा नखानेः बिहानको खाजा नखाने मानिसलाई दिनभरि थकान महसुस हुन्छ। यसले शरीरमा विभिन्न रोग पैदा गराउँछ अनि समयभन्दा पहिले नै बूढो देखिन थाल्छौँ।

लगातार बसिरहनालेः लगातार एकै स्थानमा बसिरहनाले खाना राम्रोसँग नपच्ने समस्या हुन्छ। पाचन प्रणालीमा समस्या आउने भएपछि मोटोपना देखा पर्छ। यस्तोमा हाम्रो शरीर चाँडै रोगले ग्रसित हुन् अनि हामी छट्टै बूढो देखिन थाल्छौँ।

पानी कम पिउनेः दिनभरिमा ७ देखि ८ गिलास भन्दा कम पानी पिउँदा शरीरमा पानीको कमी हुन्छ जसले छालामा सुख्खापना बढाउँछ। छाला सुख्ख हुँदा चाउरीपनाको समस्या देखा पर्छ।

नशाको लतः मदिरा, गाँजा, चुरोट र ड्रग्स जस्ता नशाको लत लागेका मानिसको शरीरमा कार्टिसोल नामक ह’र्मोन बन्न थाल्छन्। यसले तनाव बढाउँछ र समयभन्दा पहिले नै मािनस बूढो देखिन थाल्छ।

एकैसाथ धेरै काम गर्नेः एकैसाथ धेरै काम गर्दा हाम्रो धेरै ऊर्जा सकिन जान्छ। यसका साथै यसले कामको चापलाई बढाउँछ र त’नाव हुन थाल्छ । यसका कारणले दिमाग र हृ,दय,मा नराम्रो असर पर्छ।

निद्रा पूरा नलिनेः अनुसन्धानले यो पुष्टी गरिसक्यो कि रातिको समयमा ७ घण्टा सुतेन भने यसले तनाब, हृदय सम्बन्धी रोग र रक्तचापमा समस्या पैदा गराउँछ । यस्तो गल्तीले जवानीमै मानिसलाई बूढो बनाइदिन्छ।

पोषणयुक्त खानाको कमीः हाम्रो शरीरलाई पर्याप्त पोषण दिने दूध, पनिर, हरियो सागसब्जी, अन्डा, माछा, मासु जस्ता खानेकुरा अत्यन्तै आवश्यक छन् । दैनिक खाने कुराहरुमा यी खानेकुरा पनि सेवन गर्नुपर्छ। किनकी जरुरी पोषण नपाउँदा शरीर चाँडै कमजोर भएर बूढो देखिन थाल्छ।

सनस्क्रिन नलगाउनेः सनस्क्रीन नलगाउनाले घामका किरण सिधै छालामा पर्न जान्छन्। यसले छालाको रङ बदलिदिन्छ र नरमतालाई कम गराउँछ । छालासम्बन्धी समस्याबाट बच्नका लागि सधैँ घाममा हिँड्नु अघि सनस्क्रीन लगाउनुपर्छ।

व्यायाम नगर्नेः नियमित बिहान व्यायाम नगर्ने मानिसको शरीर फिट र स्वस्थ हुन सक्दैन । यस्तोमा मोटोपना, कब्जियत, एसिडीटी जस्ता समस्या देखा पर्छन् जसले विभिन्न रोगलाई निम्त्याउँछ। समयभन्दा पहिले नै बूढो देखिनबाट बच्नका लागि व्यायाम अत्यावश्यक मानिन्छ।

More News last news
Loading...