मेलम्चीको पानी घरघरमा, यी हुन् आजबाटै पानी पाउने भाग्यमानी क्षेत्र

काठमाडौँ । बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँ उपत्यकावासीको धारामा वितरण भएको छ।

मेलम्ची आयोजनाले आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरका धारामा वितरण गर्दैछ। आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जनाएको छ।

Advertisement

मेलम्चीको पानी पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत उपभोक्ताको धारामा पुगेको हो ।

१७ करोड लिटर क्षमताको यो आयोजना पूर्णरूपमा सञ्चालनमा आउन भने कम्तीमा २० दिन लाग्नेछ।

परीक्षण अवधिमा उपत्यकामा रहेका रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै पानी वितरणको तयारी भएको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्गमार्फत गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको थियो। आर्थिक वर्ष २०५५–५६ देखि मेलम्ची परियोजना सुरु भएको थियो।

पूर्व प्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौँ वासीलाई खुवाउने सपना २०७७ सालको अन्त्यमा आएर साकार भएको हो।

More News last news
Loading...