काठमाडौँ । मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ।
यसैबीच आज (शुक्तबार) खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गरे ।
आज मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ।
पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । पहिलो दुई दिन चार करोड त्यसपछि ६.५ करोड र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
