चिया पिउँदा भूलेर पनि नगर्नुहोस् यी गल्ती, नत्र हुनसक्छ गम्भिर समस्या

काठमाडौँ । तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउनु जरुरी छ । किनकी, गलत समयमा चिया पिउनु तपाईका लागि घातक हुन सक्छ । गलत समयमा चिया पिउँदा त्यसले स्वास्थ्यमा धेरै नकरात्मक असर पुर्याउन सक्छ ।

कुन–कुन समयमा चिया पिउन हुँदैन ?

Advertisement

बेड टी
प्राय मानिसको बानी हुन्छ, विहान बेडमै निया पिउने । यदि तपाई ती व्यक्तिमध्ये हुनुहुन्छ, जसले दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् ।

‘बेड टी’ले तपाईको शरीरमा एसिडको मात्रा मात्रै बढाउँदैन, मुखको स्वास्थ्यलाई पनि प्रभावित गर्छ । साथै विहानै चिया पिउँदा शरीरमा टोक्सिनको मात्रा पनि बढ्छ।

खानापछि चिया
खाना खाएपछि चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारण हुन्छ। यसले पाचन प्रक्रियामा गम्भीर असर पर्छ । खाना खानेवित्तिक चिया पिउँदा पाचन पक्रिया ढिलो हुँदै जान्छ।

चियामा रहेको फेनोलिक कम्पाउन्डले पाचन प्रक्रियामा बाधा पुर्याँछ, जसले गर्दा शरीरले प्रोटीन र आयरनलाई राम्ररी पाउँदैन।

सुत्नअघि चिया

चिया तथा कफिमा क्याफिन हुन्छ, जुन अनिन्द्रा जस्ता रोगको कारण बन्न सक्छ। क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्वलाई बढाउँछ, जसका कसारण मुटुसँग सम्बन्धित समस्या, मधुमेह, अनियमितता र तौल बढ्ने हुन्छ।

आइरन र क्याल्सियमसँग चिया

यदि तपाई आइरन र क्याल्सियमको मिश्रण लिनुहुन्छ भने त्यस समय चिया नपिउनुहोस्। एकै समयमा चिया र आइरन-क्याल्सियमको मिश्रण लिनाले मिश्रणको सबै फाइदा नाश हुन्छ। चियामा पाइने तत्वले आयरन र प्रोटिनलाई सोस्छ।

More News last news
Loading...