काठमाडौँ । आमा बन्नु महिलाका लागि खुसीको कुरा हो। गर्भावस्थामा महिलाहरूले शरीरमा थुप्रै परिवर्तनको अनुभूति गरेका हुन्छन्।
समयमा देखिने यस्ता परिवर्तनबारे जानकारी नहुँदा उनीहरूमा डरसमेत पैदा हुने गरेको छ। गर्भवती अवस्थामा महिलाहरूको शारीरिक तथा मानसिक दुवै कुरामा परिवर्तन आउने गर्छ। यसबारे महिलाहरूलाई राम्रो ज्ञान हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।
विशेष गरी गर्भवती भएका बेला हुने सुरुवाती परिवर्तनबारे राम्रो ज्ञान भयो भने यसले महिलाहरूलाई विभिन्न समस्या तथा गुनासोबाट टाढा राख्न मद्दत गर्छ। महिलाहरूमा गर्भावस्थामा आउने केही सुरुआती परिवर्तन निम्न छन्ः
तपाईं अन्तिम पटक महिनावारी भएको कुरा याद गर्नुहोस् । यदि नियमित महिनावारी हुने गर्नु भएको छ भने तपाईंको महीनावारी हुने दिन नाघिसक्दा पनि महिनावारी हुनु भएन भने तपाईं गर्भवती हुनु भएको छ।
स्तनको आकारमा परिवर्तन देखिन सक्छ। तपाईलाई लाग्नसक्छ कि तपाईंको स्तनको मुन्टो केही रसिलो भएको हुनसक्छ। र, स्तनको आकारमा पनि वृद्धि भएको हुनसक्छ। यस्तो भयो भने तपाई गर्भवती हुनुभएको अनुमान लगाउन सकिन्छ।
केही नखाँदा पनि गनाएको जस्तो हुने, हरेक कुरामा गनाएको आभास हुने, वाकवाकी तथा वान्ता नै आयो भने पनि तपाईं गर्भवती हुनुभएको थाहा पाउन सकिन्छ। दिक्क लाग्ने, दिशापिसाव लागेजस्तो हुने तर नलाग्ने, मुड परिवर्तन भइरहने अर्थात घरी रिस उठ्ने घरी शान्त रहन मन लाग्छ।
घरी घरी पिसाव लागिरहने भयो भनेपनि तपाईं गर्भवती हुनुभएको हुनसक्छ। यस्ता लक्षणहरु देखिनासाथ गर्भको परीक्षण गराइहाल्नु पर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
