गायक बद्रि पंगेनी हजुरलाई नमस्ते ट्रेड लिंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौँ । लोकप्रिय लोक तथा दोहोरी गायक बद्री पंगेनी “हजुरलाई नमस्ते ट्रेड लिङ्क” को ब्रान्ड एम्बेस्डर (सद्भावनादूत) का रूपमा नियुक्त भएका छन्।

इटालियन प्रविधिद्वारा Euro-3 र Euro-4 मापदण्ड अनुसार UAE मा उत्पादित उच्च गुणस्तरको ITR ब्राण्ड्का लुब्रीकेन्ट्सले सद्भावना दूतका रूपमा पंगेनीलाई नियुक्त गरेको हो ।

Advertisement

गायक पंगेनीलाई राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ITR लुब्रीकेन्ट्सका अध्यक्ष ताराबहादुर कुँवरबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए।

गायक पंगेनी ITR Lubricants जस्तो गुणस्तरीय ब्राण्डको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए।

उनले आफूले पनि करिब आठ/दश बर्ष पुरानो सवारी साधनमा ITR Lubricants प्रयोग गरेको र एकदम राम्रो साउण्ड आएको कुरा समेत बताए।

More News last news
Loading...