दिसा गर्दा असह्य पीडा हुन्छ ? हुनसक्छ जटिल समस्या, यसरी पाउनुहोस् छुटकारा

काठमाडौँ । एलन फिसर भन्ने समस्या दिसा गर्ने समयमा हुने समस्या हो। फिसरको दौरान तपाईंको मलद्वारको अन्तमा मांसपेशीहरूमा ऐठनको महसुस हुन सक्छ।

फिसर साना बच्चामा धेरै सामान्य स्थिति हुने गर्छ। तर यो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । फिसरको ज्यादातर समस्याहरू सामान्य उपचारबाट ठीक हुने गर्छ। जस्तो खाद्य पदार्थमा फाइबरको मात्रा धेरै लिनु नै यो समस्याको मुख्य कारण हो।

Advertisement

यसलाई नियन्त्रण गर्दा यो समस्या समाधान हुन्छ । फिसरसँग ग्रस्त केही मान्छेलाई मेडिकल सहयोगको आवश्यकता पर्न सक्छ र कहिलेकाहीँ सर्जरी गराउने आवश्यकता समेत पर्ने गर्छ ।

एनल फिसरको प्रकारहरु

फिसर सामान्यतया दुई प्रकारको हुन्छः

तीव्र प्रकारको – छालाको माथिल्लो सतहमा छेद या दरारलाई एक्युट फिसर भन्ने गरिन्छ ।

दीर्घकालिक – यदि छालाको सतहमा भएको छेद या दरार ठीक छैन भने त्यो समयको साथसाथ क्रोनिक फिसर विकसित हुन लाग्छ ।

एनल फिसरको लक्षण

मलद्वारमा हुने फिसरको लक्षण वा संकेतहरू निम्नानुसार हुन्छन्।

– दिसा गर्ने समयमा हुने दुखाइ । कहिलेकाहीँ गम्भीर दुखाइ हुनु ।

– मल त्याग गरिसकेपछि हुने दुखाइ जुन कैयौं घण्टासम्म रहन सक्छ ।

–दिसा गरिसकेपछि दिसामा गहिरो रातो रंग देखिनु ।

–मलद्वारको चारैतर्फको छालामा एक किसिमको दरार देख्न सकिन्छ ।

–मलद्वारको फिसरको साथमा छालामा गाँठो या स्क्रिन ट्याग देखिनु ।

एनल फिसरको कारण र जोखिमका कारक

मलद्वार वा मलद्वारको नलीको छालामा क्षति हुनु फिसरको सबैभन्दा सामान्य कारण हुन् । ज्यादा मामलामा त्यो मान्छेलाई हुन्छ जसलाई कब्जियतको समस्या हुन्छ।

विशेष रूपबाट जब कठोर वा ठूलो आकारको दिसा मलद्वारको भित्रै रहन्छ । यसले मलद्वार र मलद्वारको नलीमा नोक्सानी पु-याउँछ।

फिसरको अन्य सम्भावित कारणहरूमा निम्न लक्षण सामेल हुन्छन्

–लगातार डायरिया हुनु ।

–इन्फ्लेमेटरी बाउल डिजिज, जस्तो क्रोहन रोग अल्सरेटिव कोलाइटिस ।

–लामो समयसम्म कब्जियत रहनु ।

–कहिलेकाहीँ यौनमा सञ्चारित संक्रमण, जस्तो कि सिफिलिस या हर्पिस, जुन मलद्वार वा नलिकालाई संक्रमित वा नोक्सानी पुग्न सक्छ ।

जोखिमका कारकहरु

बालापन – कैयौं शिशुहरुलाई उनीहरुको जीवनको पहिलो वर्षमा नै एनल फिसर हुन सक्छ ।

उमेर बढ्नु – वृद्ध मानिमा रक्तसञ्चार बिस्तारै हुने गर्छ । जसबाट उनीहरुको मलद्वारमा रक्तप्रवाहमा कमी आउने गर्छ । जुन कारणले उनीहरुमा आंशिक रूपबाट फिसरको समस्या विकसित हुन सक्छ ।

–गर्भावस्था र प्रसवको पीडा

–फाइबरयुक्त आहारको सेवन कम गर्नु

–मलद्वार वा मलाशयमा दुखाइ हुनु ।

–मलाशयमा हुने क्यान्सर आदि ।

एनल फिसरबाट बच्ने तरिका

तपाईं कब्जियतको रोकथाम गरेर एनल फिसरको जोखिमलाई कम गर्न सकिन्छ । यदि पहिले कहिल्यै तपाईंको फिसरको समस्या भएको छ भने सबैभन्दा पहिले कब्जियतको रोकथाम गर्नु जरुरी कुरा हो ।

कब्जियतको रोकथामको लागि निम्न काम गर्न सकिन्छ ।

–यसको लागि सन्तुलित आहार खानुपर्छ, जसमा राम्रो मात्रामा फाइबर युक्त फलहरु खानु आवश्यक हुन्छ ।

–पर्याप्त मात्रामा तरल पदार्थ पिउनुपर्छ ।

–नियमित रूपले व्यायाम गरिरहनुपर्छ ।

–मदिरा वा कफिनयुक्त पदार्थहरू (चिया वा कफी)को सेवन गर्नुहोस् ।

पाचन तथा आँतको स्वास्थ्यको बनाइराख्नको लागि यो सबै राम्रो कुरा हो । जुन कब्जियतको रोकथाम गर्नको लागि मद्दत हुने गर्छ । यो महत्वपूर्ण कुरा यो हो कि तपाईं मलत्याग गरिसकेपछि आफ्नो मलद्वारलाई बिस्तारैबिस्तारै पुछ्नुहोस् ।

जब शौचालय जानको लागि मन लाग्छ, त्यस्तो अवस्थामा यो विषयलाई बेवास्ता गर्नु हुँदैन । ट्वाइलेटमा धेरै ढिला नगरी अधिक जोड लगाउनु हुँदैन । यस्तो गर्दा मलद्वारको नलिकामा दबाब बढिरहन्छ । यसबारेमा डाक्टरलाई बताउनुपर्छ ।

एनल फिसरको उपचार

ज्यादातर अल्पकालिक फिसर ४ देखि ६ सप्ताहमा घरेलु उपचारको द्वारा ठीक गर्न सकिन्छ । मल त्याग गर्ने क्रममा हुनेवाला मलद्वारको दुखाइले समेत उपचार सुरु भएको केही दिनपछि ठीक हुने गर्छ ।

फिसरलाई ठीक गर्ने केही उपायहरू निम्नानुसार छन्

–धेरै मात्रामा तरल पदार्थ पिउनुहोस् ।

–दैनिक थोरै भए पनि व्यायाम गर्नुहोस् ।

–फाइबरवाला सप्लिमेन्ट लिनुहोस् ।

–दैनिक मल त्याग गर्नको लागि एकै समय निर्धारित गर्नुपर्छ।

–आहारमा फल सब्जीहरू नियमित खानुपर्छ ।

More News last news
Loading...