सुरेश पराजुलीको नेतृत्वमा अनेरास्ववियूको नयाँ कमिटी घोषणा

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को नयाँ कमिटी घोषणा गरिएको छ।

काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गरेर घोषणा गरिएको अनेरास्वविूको अध्यक्षमा सुरेश पराजुली चयन भएका छन् । यस्तै सहअध्यक्ष ओसिम आलम र महासचिवमा आरती लामालाई चयन गरिएको छ।

Advertisement

उपाध्यक्षमा यसु लामा र हिरेन्द्र शाही चयन भएका छन् । यस्तै भेलाले पाँच जना सचिव चयन भएका छन् । जसमा महेश श्रेष्ठ, अशोक थापा, राजन शर्मा पराजुली, कल्याण दाहाल र प्रदीप थापा छन्।

More News last news
Loading...