स्ववियू निर्वाचन जेठ ३० गतेसम्म गर्ने सहमति ! नेविसंघको अनशन स्थगित

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियनको (स्ववियू)को निर्वाचन आगामी जेठ ३० गतेसम्ममा गर्ने सहमति भएको छ।

विभिन्न माग राखी त्रिभुवन विश्व विद्यालयमा ४८ दिनदेखि जारी रिले अनशनमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिका पदाधिकारी र त्रिविबीच ६ बुँदे सहमति भएको हो ।

Advertisement

यो सहमतिसँगै नेविसंघको ४८ दिन लामो अनशन पनि टुँगिएको छ। त्रिविका तर्फबाट प्रा. डा. शिवलाल भूषाल र नेविसंघ त्रिवि समितिका अध्यक्ष श्यामचन्द्र अधिाकारीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ।

सहमतिपत्रको पहिलो बुँदामा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव सम्पन्न गर्ने सन्दर्भमा सम्बन्धित केन्द्रीय विद्यार्थी संघ, संगठन लगायत सरोकारवालासँगको सर्वपक्षिय सहमतिको आधारमा आगामी जेठ ३० गतेसम्ममा सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, सो को लागि यहि चैत्र २५ गते भित्र सर्वपक्षिय छलफलको आयोजना गर्ने उल्लेख छ।

अन्य बुँदाहरु तलको सहमतिपत्रमा उल्लेख छ ।

More News last news
Loading...