कलङ्कीमा नचिनेका व्यक्तिले प्रहार गरेको ढुङ्गाले लागेर एक जनाको ज्यान गयो

काठमाडौँ । काठमाडौँ महानरगपालिका-१४ कलङ्कीमा नचिनेका व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको ज्यान गएको छ।

ढुङ्गा प्रहारबाट पहिचान नखुलेका एक पुरुषको आइतबार ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement

टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

ढुङ्गा हान्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय राजधानीमा यस्ता खाले अपराधका घटना बढ्दै गएका छन् ।  रासस

More News last news
Loading...