फेरि बढ्यो कोरोना संक्रमण दर, नेपालमा सभा-जुलुस नगर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो। भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो।

Advertisement

नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक–भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

नेपालमा आज ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...