काठमाडौँ । पौडेल वंश महासंघको प्रथम बाग्मती प्रदेशको सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ललितपुरको सिस्नेरीमा भएको सम्मेलनले दीपकप्रसाद पौडेलको संयोजकत्वमा ३१ सदस्यीय समिति गठन गरेको छ।
सम्मेलनले देशभरका असहाय दिन दुखी पौडेललाई सहयोग गर्ने, अक्षयकोष स्थापना गर्ने, विलक्षण प्रतिभाका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने, काला पौडेल र सेता पौडेललाई सामान व्यवहार गर्ने र पूजा विधीमा समानता कायम गर्ने विषयमा घोषणापत्र जारी भएको छ ।
वाग्मतीको प्रथम सम्मेलनबाट प्रजातान्त्रिक पद्धती अपनाएर प्रदेश समिति, वंशावली निमार्ण समिति र कुल पजा समिति गरी तीनवटा समितिहरु निमार्ण गरिने नुवाकोट पौडेल बन्धु समाजका अध्यक्ष भोलाराज पौडेलले जानकारी दिए ।
सम्मेलनमा ललितपुर जिल्लाका स्थानीय पौडेल बन्धुहरु, वाग्मती प्रदेशबाट केन्द्रीय समितिमा आबद्ध २३ जना बन्धु तथा काठमाडौं र भक्तपुर गरी तीन जिल्ला तथा प्रदेश अन्तर्गतका १३ वटै जिल्ला समितिहरु तथा ती जिल्लाका विभिन्न गाउँपालिका समितिबाट समेत गरी १ हजार बढी प्रतिनिधि परिवेक्षकहरुको उपस्थिति रहेको थियो ।
देशका विभिन्न भागमा छरिएर रहेका पौडेल बन्धुहरुलाई एउटै छातामुनी समेटेर भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्य अनुरुप २०७५ मंसिर २७ गते मोरङ जिल्लाको सुन्दर हरैंचामा १८ सदस्यीय पौडेल कुल वंश संस्था राष्ट्रिय समिति गठन भएको थियो ।
सो समितिको आयोजनामा २०७६ असार १ गते चितवन जिल्लाको देवघाटमा भएको पौडेल कुल वंश संस्थाका प्रतिनिधिहरुको राष्ट्रिय भेलालले लोकनाथ पौड्यालको अध्यक्षतामा ७७ सदस्यीय पौडेल वंश महासंघ नेपाल गठन गरेको थियो ।
यहि केन्द्रीय समितिको पहलमा ७ वटै प्रदशे र ७७ वटै जिल्लामा सहासंघका संस्थाहरु विस्तार गर्दै पौडेल बन्धुहरुलाई एकताबद्ध गर्ने कार्यमा संघ निरनतर रुपमा लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
