कलंकीमा बृहत्त निःशुल्क मृगौला परीक्षण शिविर, एकैदिन १५० जनाले लिए सेवा

काठमाडौँ । विश्व मृगौला दिवसका अवसरमा कलंकीमा रहेको मार्क इन्टरनेशनल किड्नी सेन्टरले बृहत तीन दिने मृगौला परीक्षण शिविर सञ्चालन गरेको छ।

उक्त कार्यक्रम किड्नी सेन्टरको दोस्रो वार्षिकोत्सव तथा मृगौला दिवसको अवसरमा सेन्टर र लायन्स कल्ब इन्टरनेशनल, कार्पोरेटले संयुक्त रुपमा आयोजना गरेका हुन्। उक्त बृहत निःशुल्क मृगौला शिविरमा पहिलो दिन बिहीबार करिब १५० जनाको किड्नी परीक्षण गरिएको अस्पताल स्रोतले जनाएको छ।

Advertisement

बिगत दुई वर्षदेखि कलंकीमा सञ्चालनमा रहेको सेन्टरले समय-समयमा विभिन्न शिविरहरु र विभिन्न कार्यक्रम मार्फत आम मानिसको किड्नी परीक्षण गरिरहनुपर्ने बताउँदै आएको छ। डाक्टरका अनुसार ‘मानिसका मृगौला फेल हुँदै गर्दाको पहिलो चरणमा नै थाहा पाउन सके नियमित डाइलासिसबाट पनि मृगौलालाई निको पार्न सकिन्छ।’

मृगौला दिवसका अवसरमा मार्क इन्टरनेशनल किड्नी सेन्टरले सूचनामुलक बृहत र्‍याली पनि निकालेको छ। “मधुमेह मृगौला रोगको प्रमूख कारण हो, साबधानः हरेक १० जना मध्येमा १ जना मानिस मृगौला रोगी हुन्छन्, सबैका लागि स्वस्थ मृगौला, समयमै मृगौला रोगको पहिचान, ठुलो समस्याको समाधान” लेखिएका प्लेकार्डसहित विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु र्‍यालीमा सहभागी भएका थिए ।

करिब २५० जनाजति व्यक्तिहरु सहभागी उक्त र्‍याली कलंकी चोकबाट सोल्टीदोबाटो हुँदै पुनः कलंकी चोकमा आएर सकिएको थियो ।

अन्तिम मौका शनिबार

मार्क इन्टरनेशनल किड्नी सेन्टर र लायन्स क्लब इन्टरनेशनल, कर्पोरेट नेपालले आयोजना गरेको जारी बृहत निःशुल्क मृगौला परीक्षण शिविर भोलि अर्थात् शनिबारसम्म चल्ने छ ।

उक्त शिविरमा मृगौला परीक्षणमा सहभागी हुन चाहनेहरुले अफिसियल अफिसियल फेसबुक , र विभिन्न फोन नम्बरहरुमा फोन गरेर पनि नाम टिपाउन सकिने पनि सेन्टरले जनाएको छ ।

३९ पाउण्ड रगत संकलन

मार्क इन्टरनेशनल किड्नी सेन्टरले विश्व मृगौला दिवसका अवसरका रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ३९ पाउण्ड रगत संकलन भएको अस्पताल स्रोतले जनाएको छ।

More News last news
Loading...