महाशिवरात्रीमा बाहिर निस्किँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट

काठमाडौँ । आज (बिहीबार) शिवरात्री पर्व । आराध्यदेव पशुपतिनाथको पूजा गर्न देश विदेशबाट लाखौं भक्तजन काठमाडौँ आएका छन् ।

भक्तजनहरु काठमाडौँ ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा अत्यधिक चाप बढ्ने भन्दै बुधबार नै यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएर सार्वजनिक गरेको थियो ।

Advertisement

तपाईं आज काम विशेषले घर बाहिर निस्किँदै हुनुहुन्छ भने वा पशुपतिनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको सवारी रुट, पार्किङ क्षेत्रलगायतका विषयमा पनि जानकारी लिन जरुरी छ।

यद्यपि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिएको महाशाखाले जनाएको छ। चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिएको छ।

यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तो छ सवारी रुट

More News last news
Loading...